Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
जापानको नारितामा ‘प्रथम डाइमन्ड कप’ हुँदै,टिम दर्ता जुलाई २५ सम्म – Sarangi News

जापान | चिबाकेनको नारिता सिमा जापान व्यापी  “1st DIAMOND Cup-2022 ” फुट्सल प्रतियोगिता हुने भएको छ । “स्वास्थ को लागि खेलकुद,राष्ट्र को लागि खेलकुद “भन्ने सन्देशका साथ अगस्त 7 तारिख् उक्त प्रतियोगिता गर्न लागिएको संस्थाका अध्यक्ष नवीन दीप गुरुङले बताए । “जापानमा रहेका संघ संस्था तथा क्लब हरुलाई पत्राचार गरिसकिएको र यदि प्राविधिक कारणबस छुट्नु भएको छ भने यसै सुचना लाई आधार मानि प्रतियोगितामा उपस्थित भैदिनुहुन अनुरोध छ।” गुरुङले भने ।
जापानमा रहेका नेपालीहरु बिच भाईचारा मेलमिलाप् र आपसी सद्भाबलाई प्रगाढ बनाउनको लागि पहिलो पटक नारितामा जापान ब्यापि प्रतियोगिता गराउन लागिएको आयोजकले जनाएको छ ।
नेपाली कला र संस्कृति को जगेर्णा गर्ने हेतु ले प्रतियोगिता को बिचमा कलाकार हरु को नृत्य पनि समाबेश गर्न लागिएको संस्थाका उपाध्यक्ष एजिन राईले सारङ्गी न्यूजलाई जानकारी दिए ।
प्रतियोगित को तयारी तिब्र रुप मा भइरहेको र सबै टिम ले जुलाई 25 तारिक सम्म आफ्नो टिमको दर्ता गर्न सकिने महासचिव  हिरा थापा मगर जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP