बेनीमा शिक्षकहरुका लागि सात दिवसीय आइसिटी कष्टमाइज तालिम (फाेटाे फिचर) – Sarangi News

बेनी । शिक्षकहरुका लागि आइसिटी सम्बन्धि सात दिवसीय कष्टमाइज तालिम मंगलबार बेनीमा सम्पन्न भएको छ ।

शिक्षा तालिम केन्द्र तनहुँको आयोजनामा म्याग्दीको बेनी सामुदायिक विद्यालयमा संचालित तालिममा म्याग्दी, बागलुङ र पार्वतका आधारभूत र माध्यमिक तहका २६ जना शिक्षकहरुको सहभागीता रहेको शिक्षा तालिम केन्द्र विस्तारित शाखा बेनीका प्रमुख झलक प्रसाद सुबेदीले जानकारी दिए ।

गत असार १५ गतेदेखि संचालन भएको तालिममा शैक्षिक एप्लिकेसन, वव लिन्क, पावर पोइन्ट, एमएस अफिस वड , एमएस अफिस एक्सेल सम्बन्धि आधारभूत ज्ञान सीप सिकाइएको तालिम संयोजक राजकुमार विष्टले जानकारी दिए । उनले शिक्षामा आइसिटीको अपरिहार्यता रहेको उल्लेख गर्दै आइसिटी बिना अहिलेको शिक्षक शिक्षक नै नहुने जिकिर गरे ।

सहभागीका तर्फबाट जनकल्याण मावी पुलाचौरका प्रधानाध्यापक कमल प्रसाद पौडेलले अहिलेको युग विज्ञान र प्रविधिको युग भएकाले आइसिटीको प्रयोग अनिवार्य भएको बताए । त्यस्तै अर्का सहभागी भानु माध्यामिक विद्यालयका सुनिता महत बोगटीले तालिमले आफुमा आत्मबल बढाएको बताइन उनले तालिममा सिकेको कुरा व्यबहारमा लागू गर्ने प्रतिबद्धता समेत जनाइन् ।

तालिमका सहजकर्ताले विज्ञान प्रविधिको तीब्र विकासले गर्दा सिकेका सिपहरु तत्काल प्रयोग गरिएन भने निष्प्रभावी हुने भन्दै व्यबहारमा उतार्न सुझाव दिए ।

जामुना खर्क माविका विज्ञान शिक्षक रमेश बिगटीले विज्ञानमा आइसिटीको प्रयोगले सिकाइलाई संगठित, प्रभाकारी र मुर्त धारणाको विकास गर्न सकिने बताए । उनले विज्ञान र गणित जस्ता अप्ठ्यारो मानिने विषयलाई सजिलै सिक्ने, खोजमुलक र व्यबहारीक बनाउने अस्त्रको आइसिटीको प्रयोग गरेको प्रतिक्रिया दिए ।

शिक्षा तालिम केन्द्र तनहुँको आयोजना र शिक्षा तालिम केन्द्र विस्तारित शाखाको संयोजनमा यहि असार २३ गतेदेखि आधारभूत तह १-५ को शिक्षकको पेशागत विकास टिपिडी संचालन हुँदै छ । (तस्विर रमेश बाेगटी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP