Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
युवा तथा खेलकुद सम्बन्धी सरोकार वालासंगको अन्तरक्रीया कार्यक्रम सम्पन्न – Sarangi News

लमजुङ भोर्लेटार। युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश पोखराले आज युवा तथा खेलकुद सम्बन्धी सरोकारवालासंगको अन्तरक्रीया कार्यक्रम भोर्लेटारको बौद्द हलमा भव्यताका साथ सम्पन्न गरेको छ। युवा तथा खेलकुद मन्त्रालय सचिव बद्री नाथ अधिकारीको अध्यक्ष्यता पुर्व खेलकुद बिकास समितिका अध्यक्ष राम चन्द्र पौडेलको बिशेष सहयोगमा भएको कार्यक्रमले युवाहरुलाई खेलकुद मन्त्रालयबाट केकती सहयोग र हामीले के कती योजनाहरु गुमाएका छौं भन्ने भन्ने कुरा प्रष्ट पार्न सचिव अधिकारी सफल भएका छन।

मध्य नेपाल नगरपालिका नगर उप प्रमुख सिता गुरुङको प्रमुख आतिथ्यमा र मध्य नेपाल नगरपालिका वडा नं ६ का पुन: निर्वाचित बिष्णु भक्त पौडेलको बिशेष आतिथ्यमा भएको कार्यक्रमले युवाहरुमा भएको जिज्ञासाले निर्क्यौल पाएको देखिन्छ। केही गूनाशाहरु सहित आएका फ्लोर ओपनमा वडा अध्यक्ष माथि आएका हुनाले वडा अध्यक्ष पौडेलले स्पष्टी करण सहित युवाहरुको जिज्ञासालाई मेटाउन तर्फ लागे तत्पाश्चात सचिव अधिकारीले प्रस्तुतिका बिषयबस्तुहरु सहित योजनाहरु कसरी सफल भएका छन र बिफल भएका छन ति कुराहरुलाई स्प्ष्ट पार्नु भएको थियो। २०६८६९ मा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारएे रहनु भएका सचिव अधिकारीले जिलामा कार्यक्रम गर्दा यस्ता भेगका पालिकाका युवाहरु पछाडि परेको हुनाले यो कार्यक्रम यहाँं गरेको समेत बताउनु भएको थियो।

प्रमुख अतिथी नगर उपप्रमुख सिता गुरुङले यस्तो कार्यक्रम पहिलो पटक आएको देख्दा खुशी लागेको बताउदै युवा तथा खेलकुद मन्त्रालय सचिव बद्री नाथ अधिकारीलाई धन्यवाद दिदै आउँदा दिनहरुमा यस्ता कार्यक्रमले थप प्राथमिकता पाओस र आज उठेका युवाहरुको बिषयलाई निती तथा कार्यक्रममा कार्यन्वयन गरियोस भन्दै युवाहरुलाई हामीले यसरी नै थप उर्जा दिदै थप्दै प्रदेश सरकार समक्ष हार्दिक अनुरोध गर्नु भएको थियो।

कार्यक्रमका संचालक राजेन्द्र आचार्य निजी सचिव मन्त्रालयकाले बिभिन्न बिषय बस्तुलाई समावेश गर्न सफल भएको थियो। साथै अन्त्यमा कार्यक्रमका अध्यक्षता गर्नु भएका सचिव अधिकारीले राष्ट्रीय खेलाडी रस्मिता दुरा र पुर्व भलिवल खेलाडी मध्य नेपाल नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेललाई भलिवल सहित सम्मान गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP