मध्य नेपाल १ जिताकोटमा फुटबल प्रतियोगिता २०७९ शुरु। – Sarangi News

लमजुङ। मध्यनेपाल नगरपालिका वडा नं १ जिताकोटमा बिष्णु बहादुर गुरुङ एण्ड मन्जाबहादुर गुरुङ खुल्ला रनिङ शिल्ड फूट्बल प्रतियोगिता २०७९ आज देखी शुरु भएको छ। जिताकोट गोल्डेन फ्युचर युबा क्लब द्वारा आयोजित प्रतियोगितामा २७ वटा टिम र आक्योजक टिमको ३ गरेर यसपाली जम्मा ३० टिम भएको क्लबका अध्यक्ष मान बहादुर गुरुङ”सुब्बा” ले बताउनु भयो। बिगत दुई बर्ष कोरानाको कारणले सन्चालन हुन नसकेको यस् बर्ष ललितपुर, चितवन, पोखरा, गोर्खा, तनहुँ,का टिमहरु दर्ता भएको र बिगतका बर्षहरुको तुलनामा टिमहरुको सहभागित अत्यन्तै न्युन रहेको अध्यक्ष सुब्बाले जानकारी गराउनु भएको थियो। यस प्रतियोगितालाई सफल बनाउका निम्ती देश बिदेश तथा स्थानिय लगभग दुई लाख सहयोग संकलन भएको बताउनु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुने स्थानिय मुक्तिनाथ घिमिरे भन्नु हुन्छ साउन १ गते बेलुका लुतो फालेर २ गते गाउ बार्ने सोही दिन बाह्र मासे घाँटु सोरठी सहित बिभिन्न सास्कृतिक नाच सहित यस साउनए सक्रान्ती मेलाको शुरुवात गरिन्थ्यो। तर अहिले न गाउमा बस्ती छ न सस्कार छ न सस्क्रिती छ् सबै लोप भाई सकेका छन। अब यसको जगेर्ना तर्फ ध्यान दिनु पर्ने समेटा बताउनु भएको थियो।

कार्यक्रमका प्रमुख अतिथी मध्यनेपाल् नगरपालिकाका उपप्रमुख सिता गुरुङ र बिशेष अतिथी वडा नम्बर १ का वडा अध्यक्ष सुदिप थापा, वडा नं ६ का वडा अध्यक्ष बिष्णु भक्त पौडेल सहित बिभिन्न राजनैतीक दलका नेताहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुदिप थापाले खेलकुदलाई बिशेष प्राथमिकत दिएर साथै खेलकुदमा युवाहरुको चाहानालाई ध्यान केन्द्रीत गराउन र आर्थिक सहयोग पपूर्ण रुपमा रहने बताए। प्रमुख अतिथी सिता गुरुङले युवाहरुलाई कसरी खेल प्रेमी बनाउने त भन्ने बारेमा बोल्दै प्रदेश सरकारले युवा खेकुद मन्त्रालयले बिभिन्न निती तर्जुमा ल्याएको छ् तर हामीले त्यसको प्रयोग गर्न सकेका छैनौ यस सबन्धी मध्यनेपाल् नगरपालिका भोर्लेटारको बौद्द हलमा युवा तथा खेलकुद मन्त्रालयले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएको भए युवाहरुलाई खेलकुदका निम्ती बजेट के कती कसरी फ्रीज भएको रहेछ यस बारेमा प्रष्ट हुने थियो भन्दै उदघाट्न खेल टिमहरुलाई बल दिएर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP