आगामी संसदीय निर्वाचन र स्वतन्त्र उम्मेदवारी – प्रेम प्रसाद सन्जेल
———————————————–
(1) लोकतन्त्रका लागि ठूलो योगदान दिएका नेपालका प्रमुख राजनीतिक दलहरुको अकर्मण्यता, कुशासन,अत्याचारले श्रृजित राजनीतिक दलहरु प्रतिको जनताको वितृष्णा, अनास्था अविश्वास र घृणाको कारण स्वतन्त्र उम्मेदवारहरुको उदय भएको छ ।
(2)राजनीतिक दलहरु,यीनका आसेपासे र झोलेहरुको भ्रष्टाचार, कुसंस्कार,अत्याचार, अन्याय, हेपाहा र मिचाहा प्रवृत्तिले
“जुन जोगी आएपनि कानै चिरेको” भनेझैं नेपालका सबै राजनीतिक दलहरु प्रति मोहभङ्ग हुँदै गई, विश्वास गुम्दै गएको देखिन्छ । यो क्रम बढ्दै गयो भने मतबाट पराजित मात्र हैन श्रीलंकाको जस्तो स्थिती नहोला भन्न सकिन्न ।
(3)त्यसैले यस्तो परिस्थिती आउन नदिन राजनीतिक दलहरु र यिनका झोलेहरुलाई सबक सिकाउन अपरिहार्य भई सकेको छ ।
(4)बहुदलीय व्यवस्थामा राजनीतिक दलहरुनै देशको मुख्य सत्ता सञ्चालक हुन् l तर यिनको असक्षमता र अकर्मण्यताले
नेपालि मतदाताहरुको आकर्षण स्वतन्त्र उम्मेदवार तर्फ बढ्दै गएको छ l यसको ज्वलन्त उदाहरण स्थानीय चुनाव २०७९ मा नेपालको सुदुरपूर्वको धरानमा हर्क साङ्गपाङ्ग, मध्य भागको काडमाडौंमा वालेन्द्र साह र सुदुरपश्चिमको धनगढीमा गोपि हमालको मेयरपदको विजयलाई लिन सकिन्छ ।
(5)तर ,राजनीतिक दलहरुसंग प्रतिस्पर्धा गर्न कसैले स्वतन्त्र नामधारी राजनीतिक दलनै खोल्ने त कसैले स्वतन्त्र उम्मेदवार
अभियान सञ्जालनै बनाउने र कसैले सुशासन या केहि त्यस्तै नामका ससाना राजनीतिक दल खोलेका छन् l
(6) यस्ता प्रवृत्तिले “भाई फुटे गँवार लुटे” मात्र हुनेछ ।
(7)यस प्रकारको टुट्फुटले जनताको वितृष्णा बोकेका उनै राजनीतिक दलका उम्मेदवारलाईनै घुमाउरो पाराले सघाउपुग्ने देखिन्छ।
(8)यदि स्वतन्त्र उम्मेदवारहरुको विजय सुनिश्चित गर्ने हो भने अब फुटेर होइन l यी ससाना दलहरु र स्वतन्त्र उम्मेदवारहरु एकजुट भई चुनाव लड्नुको विकल्प देखिदैन ।
(9)स्वतन्त्र उम्मेदवारहरुले चुनाव जितेको खण्डमा समानुपातिक तर्फको थप सांसदहरु नथपिले हुँदा त्यहि लोभमा ससाना राजनीतिक दल दर्ता गर्ने प्रवृत्ति बढेको छ ।
(10)यो प्रवृत्तिले त स्वतन्त्र उम्मेदवार र ससाना पार्टिका उम्मेदवारहरु दुबैले चुनाव हार्ने निश्चित प्रायः छ ।
(11)यो पस्थितीलाई मनन गरौं ।