हाम्रो नगरीः कविता – Sarangi News

हाम्रो नगरी (कविता)

              नरिश्वर गौतम

पहाडको बिच समतल राम्रो

सबैको गौरव राजधानी हाम्रो

हरायो पहिचान कला संस्कृति

बढ्दैछ दिनदिन अनेक विकृति ।।

 

पवित्र कन्चन नदी बागमती

इच्छुमति होस् या विष्णुमति

उर्बर भूमि थियो स्वर्गसरि

घरैघरवती अस्तब्यस्त नगरी ।।

 

धुवाँ र धुलो फोहोरको गन्ध

न छ रोजगारी न उद्योगधन्दा

महँगीमा बाँच्लान् गरिब कसोरी

फोहोरावती दुर्गन्धित नगरी ।।

 

हटाई सारा आयातित विकृति

जोगाई पहिचान भाषा कलाकृति

सोचौँ है सबले बनाउने कसोरी ?

चिटिक्क सफा र सुन्दर नगरी ।।

*******************************

(शान्तिपुर गुल्मी हाल : काठमाडौँ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP