Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
आँबुखैरेनी गाउँपालिकाद्वारा वाङ्‍मय परिषद् गठन, अध्यक्षमा अनिल श्रेष्ठ – Sarangi News

आँबुखैरेनी । आँबुखैरेनीको भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र सम्बद्र्धनको लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा आज आायोजित एक भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले आफ्नो स्वागत मन्तब्य राख्दै ‘आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन–२०७९’ स्वीकृत र पारित गरी २०७९÷०४÷०३ बसेको आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार वाङ्मय परिषद गठन गरिएको र आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्वद्र्धनमा यस परिषदको भूमिका उल्लेखनीय रहने, बताए । अनिल श्रेष्ठ अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमितिमा क्रमशः उपाध्यक्ष सानुकाजी थापा, सचिव युवराज बगाले, सहसचिव कमल सापकोटा, कोषाध्यक्ष राजेन्द्र गुरुङ र सदस्यहरु रजनी चुमान, श्रीराम भट्टराई, कहरसिं थापा, कमला पन्त, निर्मला कुँवर र दिलमाया भुजेल मनोनित रहेका छन् ।

मनोनित पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिँदै आँबुखैरेनी वाङ्मय परिषदको प्रमुख संरक्षक गाउँपालिका प्रमुख शुक्र चुमानले ‘आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहने बताउँदै श्रमिकहरुको श्रमलाई साहित्यले स्थापित गर्नुपर्ने कुरामा लेखक साहित्यकारहरुले जोड दिनुपर्ने, बताए । पालिका प्रमुख चुमानले ‘साहित्य, कला र सङ्गीतको विकास र शोधअनुसन्धानमुलक कार्यका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’को लागि आ। ब। २०७९÷०८० बजेटबाट रु १५,००००।–९पन्ध्र लाख रुपैयाँ० विनियोजन गरेको’ पनि बताए ।

परिषदको पहिलो बैठकले आँबुखैरेनीको पर्यटकीय स्थलको रुपमा रहेको आँदीमुलमा यही २०७९ साल भाद्र २५ गते ‘आँदीमुल शरदकालीन काव्योत्सव’ को आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP