आँबुखैरेनी गाउँपालिकाद्वारा वाङ्‍मय परिषद् गठन, अध्यक्षमा अनिल श्रेष्ठ – Sarangi News

आँबुखैरेनी । आँबुखैरेनीको भाषा, साहित्य, कला, संस्कृति र गीतसङ्गीतको विकास र सम्बद्र्धनको लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’ को गठन गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाको सभाकक्षमा आज आायोजित एक भेलामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले आफ्नो स्वागत मन्तब्य राख्दै ‘आँबुखैरेनी गाउँपालिकाको ११ औं गाउँपरिषदबाट ‘आँबुखैरेनी वाङ्मय परिषद ऐन–२०७९’ स्वीकृत र पारित गरी २०७९÷०४÷०३ बसेको आँबुखैरेनी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार वाङ्मय परिषद गठन गरिएको र आँबुखैरेनीको भाषा, साहित्य, कला र गीतसङ्गीतको विकास र सम्वद्र्धनमा यस परिषदको भूमिका उल्लेखनीय रहने, बताए । अनिल श्रेष्ठ अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमितिमा क्रमशः उपाध्यक्ष सानुकाजी थापा, सचिव युवराज बगाले, सहसचिव कमल सापकोटा, कोषाध्यक्ष राजेन्द्र गुरुङ र सदस्यहरु रजनी चुमान, श्रीराम भट्टराई, कहरसिं थापा, कमला पन्त, निर्मला कुँवर र दिलमाया भुजेल मनोनित रहेका छन् ।

मनोनित पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिँदै आँबुखैरेनी वाङ्मय परिषदको प्रमुख संरक्षक गाउँपालिका प्रमुख शुक्र चुमानले ‘आँबुखैरेनीको आर्थिक समृद्धिमा कृषिसँगै पर्यटनलाई जोड्नुपर्ने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासमा कलासाहित्यको भूमिका महत्वपूर्ण रहने बताउँदै श्रमिकहरुको श्रमलाई साहित्यले स्थापित गर्नुपर्ने कुरामा लेखक साहित्यकारहरुले जोड दिनुपर्ने, बताए । पालिका प्रमुख चुमानले ‘साहित्य, कला र सङ्गीतको विकास र शोधअनुसन्धानमुलक कार्यका लागि आँबुखैरेनी गाउँपालिकाले ‘आँबुखैरेनी वाङ्मय परिषद’को लागि आ। ब। २०७९÷०८० बजेटबाट रु १५,००००।–९पन्ध्र लाख रुपैयाँ० विनियोजन गरेको’ पनि बताए ।

परिषदको पहिलो बैठकले आँबुखैरेनीको पर्यटकीय स्थलको रुपमा रहेको आँदीमुलमा यही २०७९ साल भाद्र २५ गते ‘आँदीमुल शरदकालीन काव्योत्सव’ को आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP