Trend
भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई  ||   साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो।  ||   पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन  ||   इशानेश्वर महादेव मन्दिरमा साउन महिनाको अन्तिम सोमबारमा भक्तनजहरुको घुईचो(फोटो फिचर)  ||   लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||  
बुधबार , साउन २९, २०८२
शिवालय बाल क्लबद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Sarangi News

पोखरा । शिवालय माध्यमिक विद्यालयमा क्रियाशील शिवालय बाल क्लबले शुक्रबार वक्‍तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

रूपा गाउँपालिका-२, थुम्की, कास्कीस्थित सो विद्यालयका २० जना विद्यार्थीहरूले भाग लिएका प्रतियोगितामा आधारभूत तह (१-३) मा ‘मेरो विद्यालय’ शीर्षकमा बोल्ने वक्ताहरूमध्ये विवेक सुर्खाली, सन्देश सुवेदी र रितिक सुवेदी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । यस्तै, आधारभूत तह (४-८) मा ‘कम्प्युटर शिक्षाको महत्त्व’ शीर्षकमा बोल्ने वक्ताहरूमध्ये दीपेश पौडेल, सागर ओझा र विनम ओझा तथा माध्यमिक तहमा ‘सवारी साधनले बढाएको प्रदूषण र समाधानका उपायहरू’ शीर्षकमा बोल्ने वक्ताहरूमध्ये समीक्षा राना मगर, रन्जिता ओझा र आयाम ओझा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको थियो ।

क्लबकी अध्यक्ष करिना ओझाको अध्यक्षतामा भएको प्रतियोगिताको निर्णायकमा रामबहादुर माल, बिना तिमल्सेना र सम्झना सुवेदी रहनुभएको थियो । सचिव सौरव अधिकारीद्वारा सञ्चालित कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी र सहायक प्रधानाध्यापक ऋषिराम ओझाले शुभकामना दिनुभएको थियो । क्लबले पाक्षिक रूपमा भित्तेपत्रिका प्रकाशनका अलावा विद्यार्थीको प्रतिभा प्रस्फुटन र बालअधिकारका पक्षमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको क्लबकी शिक्षक संयोजक रस्मिला खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP