Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
शिवालय बाल क्लबद्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न – Sarangi News

पोखरा । शिवालय माध्यमिक विद्यालयमा क्रियाशील शिवालय बाल क्लबले शुक्रबार वक्‍तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

रूपा गाउँपालिका-२, थुम्की, कास्कीस्थित सो विद्यालयका २० जना विद्यार्थीहरूले भाग लिएका प्रतियोगितामा आधारभूत तह (१-३) मा ‘मेरो विद्यालय’ शीर्षकमा बोल्ने वक्ताहरूमध्ये विवेक सुर्खाली, सन्देश सुवेदी र रितिक सुवेदी क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभयो । यस्तै, आधारभूत तह (४-८) मा ‘कम्प्युटर शिक्षाको महत्त्व’ शीर्षकमा बोल्ने वक्ताहरूमध्ये दीपेश पौडेल, सागर ओझा र विनम ओझा तथा माध्यमिक तहमा ‘सवारी साधनले बढाएको प्रदूषण र समाधानका उपायहरू’ शीर्षकमा बोल्ने वक्ताहरूमध्ये समीक्षा राना मगर, रन्जिता ओझा र आयाम ओझा क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको थियो ।

क्लबकी अध्यक्ष करिना ओझाको अध्यक्षतामा भएको प्रतियोगिताको निर्णायकमा रामबहादुर माल, बिना तिमल्सेना र सम्झना सुवेदी रहनुभएको थियो । सचिव सौरव अधिकारीद्वारा सञ्चालित कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी र सहायक प्रधानाध्यापक ऋषिराम ओझाले शुभकामना दिनुभएको थियो । क्लबले पाक्षिक रूपमा भित्तेपत्रिका प्रकाशनका अलावा विद्यार्थीको प्रतिभा प्रस्फुटन र बालअधिकारका पक्षमा विविध कार्यक्रम सञ्चालन गर्दै आएको क्लबकी शिक्षक संयोजक रस्मिला खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP