Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
जापानमा तीज विषेश कार्यक्रम हुँदै – Sarangi News

जापान । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा जापानमा भब्य तीज कार्यक्रम हुने  भएकाे छ ।

जापानकाे नारिता क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था नारिता नेपालले शुभकामना आदानप्रदान तथा मनोरन्जनात्मक सांगीतिक साथै दर खाने कार्यक्रम आयोजना गर्ने भएको हाे  ।

प्रवासमा रहेर पनि नेपालको पहिचान कला, संस्कृति, भेषभुषा, परिकार नेपालीहरुवीच एकआपसमा मित्रता, भातृत्व भाईचारा, नेपालीपन झल्काउन, सामाजिक सदभाव, रीतिरिवाजलाई प्रवद्दन गर्ने मुल उद्देश्यका साथ आयोजना गर्न लागिरहेको  तीज फेस्टिभल २०२२ मा बिभिन्न कला, संस्कृति, जात जातिका भेषभुषा र मनोरञ्जनात्मक कार्यक्रम एवं अन्य प्रतिभाहरुको पनि प्रदर्शन गरिने भएको हुँदा जापानमा रहनुभएका प्रतिभाको धनि अथवा इच्छुक ब्यक्तिहरुले अगस्ट २० भित्र सम्पर्क गर्नु हुन आयोजकले अनुरोध गरेकाे छ ।

कार्यक्रमकाे मुख्य स्पोन्सरमा PABI’S COLLECTION, सपोर्ट मा SRIJANA BEAUTY COLLECTION,इभेन्ट पार्टनरमा क्योदाइ मार्ट, चकटी रेष्टुरेन्ट, सिटी सेन्टर र फरेक्स रेमिट रहेको छ भने मिडिया पार्टनरमा फोनिज न्युज डटकम र बिन्ति पत्र रहेको छ ।

२०२२ अगष्ट २७ तारिक शनिबार दिन साँझ ५ बजेदेखि ९ बजेसम्म नारिता स्काई टाउन,चिवामा हुन गइरहेको कार्यम्रममा नि:शुल्क सहभागी हुन पाउने ब्यबस्था गरिरहेकोले उपस्थिति तथा सहयोगको लागि ओशिन राई गुरुङ (०८० ५५२७ ०१०७ ),पवीत्रा गुरुङ (०९० ३४३८ ९५६६), सुष्मा राउत (०८०९४०० ६४९४ ) र
शरयु पाण्डे (०७० २२६३ ६९१६) लाई  सम्पर्क गर्न संस्थाले अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP