Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
सन्देश पौडेलको नयाँ गीत ‘मझधारमा छु’ सार्वजनिक – Sarangi News

काठमाडौँ | किशोर गायक सन्देश पौडेलको नयाँ गीत ‘मझधारमा छु जिन्दगीको’ भिडियोसहित सार्वजनिक भएको छ ।                                              काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमा बाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । महेश पौड्यालका शब्दहरूमा रहेको यही गीत गाएर रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय आधुनिक गीत प्रतियोगिता २०७८ मा सन्देश पौडेल द्वितीय भएका थिए भने, यसै गीतका सङ्गीतकार रमेश सुवेदी सङ्गीततर्फ सर्वश्रेष्ठ भएका थिए । गीतमा रमेश सुवेदीकै सङ्गीत संयोजन रहेको छ भने यसको छायाङ्कन नवीन गिरीले गरेका छन् । रेडियो नेपालको आधुनिक स्टुडियो रेकर्ड गरिएको यस गीतमा जीवनको मध्य उमेरमा उभिएको एउटा मान्छेको मानसिक अवस्थालाई प्रस्तुत गरिएको छ ।
सन्देश पौडेलले अध्ययन गरिरहेको विद्यालय, जागृति एकेडेमी, जडीबुटीमा आयोजित उक्त विमोचन कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले आफू पनि सर्जक भएको र युवा कालमा गीत पनि लेख्ने गरेकोले सन्देशको प्रतिभा र कार्यबाट आफू धेरै प्रभावित भएको बताउनुभयो । उहाँले, आफ्नो प्रतिभा र लगनका कारण सन्देशले भविष्यमा दुर्लभ उचाइ प्राप्त गर्ने सम्भावना आफूले देखेको पनि बताउनु भयो । स्कुलका प्रिन्सिपल राजन कुमार श्रेष्ठले सन्देशको साङ्गितिक यात्रामा विद्यालयले सदैव सहयोग गर्ने बताउनु भयो ।
भिडियो गायक पौडेलको आफ्नै युट्युब च्यानल ‘सन्देश पौडेल अफिसियल’ बाट सार्वजनिक गरिएको हो ।

लिङ्कः
https://www.youtube.com/watch?v=W_2blq8wbvw

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP