मध्यनेपालका १० वटै वडामा कांग्रेसको नेतृत्व चयन, ५ मा महिला सभापती – उच्चै। – Sarangi News

मध्यनेपाल(लमजुङ), लमजुङको मध्यनेपाल नगरपालिकामा १०  वटै वडामा नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गतको वडा नेतृत्व चयन भएको छ।

वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरूमा मध्यनेपाल–१ मा देव बहादुर थापा, २ मा मन बल्लभ खनाल, ३ मा बिष्णु प्रसाद बगाले, ४ मा नबराज गौतम, ५ मा बाल कुमारी उच्चै, ६ मा केदार गुरुङ, ७ मा देवेन्द्र सिंह घिमिरे, ८ मा भुवन सिंह गुरुङ, ९ मा महेश पाण्डे र १० मा  गणेश बहादुर गुरुङ रहेका छन्।

असोज ४ गते अबेरसम्म गरेर नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मध्यनेपाल नगरपालिकाका सबै वडामा नयाँ नेतृत्व चयन भएको हो। यो संगै वडा नं ५ को महिला सभापति बालकुमारी उच्चैले निर्विरोध वडा सभापतिमा निर्वाचित हुँदा नेपाली काङ्ग्रेस पार्टी भित्रको नेतृत्व चयनमा महिला सहभागितालाई सकारात्मक देखिएको प्रष्ट छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP