पोखरा(कास्की) – गुरुङ साहित्यिक मञ्च नेपालको दशौ साधरण सभा एवम चौथो अधिवेशनले रोशनी गुरुङ (रोश्मी)को अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । लमजुङको क्व्होलासोँथार गाउपालिकाको सहकार्यमा भएको उक्त कार्यक्रममा प्ये ल्हु संघ युकेका अध्यक्ष मन बहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको थियो।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा मिश्रामाया गुरुङ, उपाध्यक्षमा आश गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा देवेन्द्र गुरुङ(सुरज), कोषाध्यक्षमा जसमाया गुरुङ (जसु) र सहकोषाध्यक्षमा प्रतिमा गुरुङ चयन भएकी छन् ।त्यस्तै, सदस्यमा पवित्रा गुरुङ, बालकाशी गुरुङ, रुकबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ र खुसीमाया गुरुङ चयन भएका छन् । कार्यसमितिको एक सदस्य भने पहिलो बैठकबाट मनोनीत गरिने मञ्चले जनाएको छ ।

अधिवेशनमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तीर्थ गुरुङ, पोखरा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य श्रीजङ्ग गुरुङ र गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङलाई सम्मान गरिएकाे थियाे ।
त्यस्तै गरेर गुरुङ साहित्यिक मन्चको आजिवन सदस्य एवम तमु धिँ युकेको निवर्तमान अध्यक्ष मेजर डम्मर घलेले संस्थाको प्रतिवेदन सुने पश्चात वहाँको मन्तव्यको क्रममा संस्थाको उन्ननय र बिकासको लागि भन्दै, गुरुङ समुदायको संस्कार सकृती र हरेक पाटो र बाटोको बारेमा जगेर्नामा लागि पर्ने साहित्यक सस्था जस्तो अत्यन्तै महत्वपूर्ण संस्थालाई रु ५० हजार १ सय रुपैया दिने घोषणा गर्दै, कोषाध्यक्ष जसु गुरुङलाई चेक हस्तान्तरण गर्नु भएको थियो।









