चिल्ड्रेन नेपालद्वारा सहारा बाल आधारभूत विद्यालयलाई सिलिङ पङ्खा – Sarangi News

पोखरा । चिल्ड्रेन नेपाल पोखराले पोखरामहानगरपालिका- ९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई १४ सेट सिलिङ पङ्खा हस्तान्तरण गरेको छ ।
चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माको अध्यक्षता र पोखरा महानगरपालिका-९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उक्त सामग्री विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीलाई हस्तान्तरण गरिएको थियो । प्रमुख अतिथि मर्सानीले संस्थाले उपलब्ध गराएको १४ सेट सिलिङ पङ्खा वायरिङसहित जडान गर्न वडा कार्यलयले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । संस्थाले बालबालिका र महिलाको क्षेत्रमा विगत लामो समयदेखि गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि वडा कार्यालयले संस्थासँग सहकार्य गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सोही वडाका सदस्य नन्दुराम गिरीले चिल्ड्रेन नेपाललाई धन्यवाद दिँदै संस्थाबाट उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै संरक्षण गर्नुपर्नेमा जोड दिए । विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले उपस्थित प्रमुख अतिथि,अतिथिलगायत सम्पूर्णलाई स्वागत गर्दै विद्यालयको समसामयिक गतिविधिहरूको जानकारी दिइन् । प्रअ अधिकारीले चिल्ड्रेन नेपालले विपन्न बालबालिकाहरूसम्म शिक्षाको पहुँचमा पुर्‍याएको योगदानको प्रशंसा गरेकी थिइन् । संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले विद्यालयको विगतको अनुभवलाई स्मरण गर्दै अहिले विद्यालयमा भएको बालबालिकाहरूको सहभागितासँगै शैक्षिक प्रगतिको प्रशंसा गरे । उनले संस्थामा स्रोत साधन उपलब्ध भएको खण्डमा विद्यालयलाई यस खालको सहयोग आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाए । चिल्ड्रेन नेपालले हरेक गतिविधिहरू गर्दा वडा कार्यालयसँग सहकार्य र समन्वय गर्दै जानेमा उनको जोड थियो ।

संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले संस्थाको सहयोगमा यस वर्ष ३२ जना बालबालिकाहरूले सहारा बाल आधारभूत विद्यालयमा पठनपाठन गरिरहेका र बालबालिकाहरू र उनीहरूको परिवारको सशक्तीकरणमा विभिन्न गतिविधिहरू पनि सञ्चालन गर्दै आइरहेको कुरा बताइन् । कार्यक्रमको सञ्चालन चिल्ड्रेन नेपालका सह संयोजक रमेश सुवेदीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP