तिजको गीत – Sarangi News

तिजको होरा हो आयो बरी लै

        – भानु ढुङ्गाना

छैन बिदा रमाउन, तिज मनाउन

आयो तिज वर्षदिनको, पर्ब जनाउन ।

जाई जुही फुलेकोछ पाखा पखेरामा

चेली लिन भाइ आउँछ

भन्थिन् हाम्री आमा ।।

खोइ दिन ती आज माईती आउँदैनन् लिन

तिज आयो चेलीको मन, रुन्छ सम्झि दिन!

आज आयो देशको ,

याद गाउँ घरको

खोई तीज तिज झैँ

वर परको

फेरी आयो गाउँको याद

वर परको

सम्झना छ झ-झल्को गाउँ घरको।

न त आउने माईती यहाँ चेली लिनलाई

खोई आमा घिउको बास्ना तिजमा दिनलाई ?

पर्देशी जीवन कथा ,यस्तै भयो है,

तिज अनि दशैँ पछि तिहार गयो है। ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP