Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
२४ औं पोखरा सडक महोत्सवको संयोजकमा वसन्त गौतम, मिनी सडक महोत्सव संयोजकमा विकास – Sarangi News

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा पोखरामा वर्षेनी हुँदै आएको पोखरा सडक महोत्सवको २४ औं संस्करणका लागि बसन्त गौतमलाई संयोजक चयन गरिएको छ । रेवान पोखराको भर्खरै सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले गौतमलाई संयोजकमा चयन गरेको हो । बैठकले सह–संयोजकमा योगेश भट्टराई र बैभव पौडेललाई चयन ग¥यो ।

त्यस्तै बैठकले विश्व पर्यटन दिवस, २७ सेप्टेम्बरका दिन रेवान पोखराले आयोजना गर्दै आएको एक दिने मिनि सडक महोत्सवका लागि समितिका महासचिव विकास भट्टराईलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो ।

आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका साथै लोपोन्मुख भेषभूषा, कला, सँस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षण एवं प्रवद्र्धन गरी पोखरालाई अंग्रजी नयाँ वर्षको गन्तब्य स्थलका रुपमा पहिचान दिलाउने उद्देश्य सहित रेवान पोखराले २३ वर्षदेखि पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ । पुषको १३ देखि १७ गते सम्म लेकसाइडको सडकमा यो महोत्सव सञ्चालन हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP