शिक्षक सङ्गठनद्वारा पोखराका मेयरलाई ज्ञापन पत्र – Sarangi News

पोखरा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीले पोखरा महानगरपालिका र मादी गाउँपालिकामा शिक्षकका माग राखी ज्ञापनपत्र बुझाएको छ ।

संगठनले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत वीरन्द्रदेव भारती, शिक्षा महाशाखा हेमप्रसाद आचार्यको उपस्थितिमा  शिक्षकका विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको हो।

शिक्षकहरुमाथि राज्यद्वारा गरिएको चरम विभेदको अन्त्य गर्न, असमान ग्रेड, राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक प्रतिवेदन सार्वजनिक गर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्न, विभिन्न मितिमा शिक्षक कर्मचारीका पेसागत सङ्गठनहरुसँग गरिएका सम्झौता अविलम्ब कार्यान्वयन गर्नलगायतका १७ बुँदे माग राखी ज्ञापन पत्र महानगरका   मेयरलाई बुझाइएको नेराशिसं कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले बताए ।

ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख धनराज आचार्यले समाजका बौद्धिक वर्गका शिक्षकलाई विगतदेखि नै राज्यबाट विभेद भएको र यसको अन्त्यका लागि महानगरले सक्ने र महानगरको अधिकार क्षेत्रभित्र पर्ने शिक्षकका मागहरु महानगरले छिट्टै सम्बोधन गर्ने बताए । त्यस्तै मेयर आचार्यले पोखरा महानगरलगायत कास्कीमा सामुदायिक विद्यालयको सिकाइ सहजीकरणका लागि आइसिटी बेसका तालिमहरु छिट्टै सञ्चालन गर्न लागेको बताए ।

पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले संगठनले राखेका अधिकांश मागहरु जायज भएको र महाशाखा एवं महानगरको सहकार्यमा सम्बोधन गरिने बताए ।

१७ बुँदे ज्ञापनपत्र नेराशिसं महानगर कमिटी अध्यक्ष विष्णुहरि त्रिपाठीले वाचन गरेका थिए ।

मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङलाई नेराशिसं मादी गापाका सचिव नारायण सापकोटाको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको छ ।

ज्ञापनपत्र  पोखरा महानगरसहित ४ गाउँपालिकामा बुझाउने योजना अनुसार पोखरा महानगरपालिका र मादी गाउँपालिकामा बुझाइएको  तथा रुपा, अन्नपूर्ण र माछापुच्छ्रे  गाउँपालिकामा विप्लव समूहको बन्दका कारण कार्य प्रभावित भएको र भोलि बझाइने  नेराशिसं कास्कीका सचिव तीर्थराज ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP