Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
आइतबार , बैसाख ६, २०८३
मार्क्सवाद कतिपय – रामजी प्रसाद आचार्य – Sarangi News

—मार्क्सवाद कतिपय—-

कमरेड !
कहिलेकाहीँ मलाई द्विविधाले बेस्सरी च्याप्छ ।
हुन त तपाईंका धेरै कुराहरू मैले नबुझे पनि बुझेजस्तै गरेको छु ।
कतै नबुझेर तपाईंलाई सोधूँ भने पनि भन्नुहुन्छ-
“बुझ्नु र नबुझ्नु बीचको द्वन्द्व भनेकै असलमा मार्क्सवाद हो !”
तपाईं प्रायः आदेश मात्रै दिइराख्नुहुन्छ ।
तपाईंलाई थाहा हुनुपर्ने हो,
आदेश दिँदैमा फूलले आफ्नो रंग फेर्दैन ।
किनभने फूल तपाईंका दास होइनन् ।
फेरि
तपाईं झोक्किँदै भन्नुहुन्छ-
अक्सर फूलले यथास्थितिवादीको सेवा गर्छ ।
त्यो क्रान्तिको दुश्मन हो ।
अनि अर्को आदेश फर्माउनुहुन्छ ।
तपाईंले बुझ्नुपर्ने त हो,
आदेश फर्माउँदैमा
खोलाको पानी उम्लिँदैन ।
किनभने खोलाको पानी तपाईंको कारिन्दा होइन ।
तपाईं फेरि क्रोधले भन्नुहुन्छ-
यो खोला प्रतिक्रियावादी दलाल हो । यो वर्गशत्रु हो ।
तपाईं फेरि उग्र हुँदै चेतावनी दिँदै भन्नुहुन्छ ।
तपाईंले बुझ्नुपर्ने हो कि चेतावनी दिँदैमा कुनै पहाडले इतिहासको भारी बोक्दैन ।
किनभने पहाड तपाईंले पालेको गधा होइन ।
फेरि तपाईं उत्तेजित हुँदै भन्नुहोला-
यो पहाड बुर्जुवा हो । शोषक-सामन्त हो ।
कमरेड !
अब त,
वस्तु चिन्नुहोस्
तत्त्व बुझ्नुहोस्
पदार्थ । पदार्थको गति । गतिको नियम ।
तपाईंको एक आदेशमा
हामीले छेपाराले झैं रंग फेरेजस्तो
अगेनामा बसालेको दूध उम्लिएजस्तो
अनि गधाले झैं भारी बोकेजस्तो
मार्क्सवाद भनेको त्यो होइन ।
बेला छँदै तपाईंले बुझ्नुपर्ने हो, कमरेड !
तपाईं जे बोल्नु हुन्छ
त्यो मार्क्सवाद हुँदै होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित

समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना

नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम

समिभञ्ज्याङमा चैते दसैँको अवसरमा हाफ अल्ट्रा म्याराथन सम्पन्न


TOP