Trend
साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो।  ||   पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन  ||   इशानेश्वर महादेव मन्दिरमा साउन महिनाको अन्तिम सोमबारमा भक्तनजहरुको घुईचो(फोटो फिचर)  ||   लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||  
बुधबार , साउन २९, २०८२
चिल्ड्रेन नेपालको तीज गीतमा कन्या प्रथम – Sarangi News

पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा शुक्रबार  तीज गीत प्रतियोगिता तथा दर खुवाउने  कार्यक्रम सम्पन्न भएको छ । ६ वटा बाल स्वाबलम्बन  समूहले सहभागिता जनाएका प्रतियोगितामा कन्या माध्यमिक विद्यालयको बाल समूहले प्रथम स्थान प्राप्त गरेको थियो भने दोस्रो र तेस्रो स्थान क्रमश धर्मस्थली बाल स्वाबलम्बन समूह, पोखरा- ५ र समृद्धि बाल स्वाबलम्बन समूह, पोखरा- ९ को समूहले प्राप्त गरेको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने समूहलाई  पुरस्कार वितरण गरिएको थियो । सहभागी अन्य समूहलाइ पनि सान्त्वनास्वरूप पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगितामा निर्णायक मण्डलको भूमिकामा लक्ष्मीदेवी शर्मा, विशाल घोताने र प्रवेश कोइराला रहेका थिए । पुरस्कार वितरण कार्यक्रम तथा तिजको शुभकामना आदानप्रदान  कार्यक्रम चिल्ड्रेन नेपालका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको थियो ।  कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत र कार्यक्रमको उद्देश्यको बारेमा वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले प्रष्ट पारेकी थिइन्। संस्थाका संस्थापक अध्यक्ष एवम् कार्यसमिति सदस्य रामचन्द्र पौडेलले बालिकाहरूले विद्यमान समाजको समस्यालाई तीज गीतमार्फत सचेत गराउन सफल भएकोमा धन्यवाद दिँदै आफू परिवर्तन हुँदै समाज परिवर्तन गर्न बालबालिकाको मुख्य भूमिका रहनुपर्नेमा जोड दिए ।

निमित्त कार्यकारी निर्देशक शिव शर्मा चापागाईंले लागू पदार्थको प्रयोगबाट युवा तथा  बालबालिकामा देखिएको असरबारेमा बालिकाहरूले गीतको लयबाट जनचेतना फैलाएको भन्दै धन्यवाद ज्ञापन गरे । यस्ता दुर्व्यसनी रोक्न प्रौढको पनि उत्तिकै जिम्मेवारी रहने कुरामा उनको जोड थियो । कार्यक्रममा संस्थाका अध्यक्ष शान्त पौडेलले समाज समुदाय परिवर्तनका सवालमा यस्ता खालका चेतनामूलक गतिविधि संस्थाले  निरन्तर  रूपमा गर्दै आइरहेको र  बालबालिकाको क्षमता विकासमा थप टेवा पुगेको बताए ।  तीजको अवसरमा आयोजना भएको यो कार्यक्रमले चाडपर्वलाई पनि महत्त्व दिएको र उपस्थित सम्पूर्ण बालबालिका र अभिभावकहरूलाई तीजको शुभकामना पनि दिएका थिए । कार्यक्रममा संस्थाका कार्यसमिति कोषाध्यक्ष कुलप्रसाद पौडेल र शान्ता प्यासीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहसंयोजक रमेश सुवेदीले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP