Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
चिल्ड्रेन नेपालको तीज गीतमा कन्या प्रथम – Sarangi News

पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा शुक्रबार  तीज गीत प्रतियोगिता तथा दर खुवाउने  कार्यक्रम सम्पन्न भएको छ । ६ वटा बाल स्वाबलम्बन  समूहले सहभागिता जनाएका प्रतियोगितामा कन्या माध्यमिक विद्यालयको बाल समूहले प्रथम स्थान प्राप्त गरेको थियो भने दोस्रो र तेस्रो स्थान क्रमश धर्मस्थली बाल स्वाबलम्बन समूह, पोखरा- ५ र समृद्धि बाल स्वाबलम्बन समूह, पोखरा- ९ को समूहले प्राप्त गरेको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने समूहलाई  पुरस्कार वितरण गरिएको थियो । सहभागी अन्य समूहलाइ पनि सान्त्वनास्वरूप पुरस्कार वितरण गरिएको थियो ।

प्रतियोगितामा निर्णायक मण्डलको भूमिकामा लक्ष्मीदेवी शर्मा, विशाल घोताने र प्रवेश कोइराला रहेका थिए । पुरस्कार वितरण कार्यक्रम तथा तिजको शुभकामना आदानप्रदान  कार्यक्रम चिल्ड्रेन नेपालका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको थियो ।  कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत र कार्यक्रमको उद्देश्यको बारेमा वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्माले प्रष्ट पारेकी थिइन्। संस्थाका संस्थापक अध्यक्ष एवम् कार्यसमिति सदस्य रामचन्द्र पौडेलले बालिकाहरूले विद्यमान समाजको समस्यालाई तीज गीतमार्फत सचेत गराउन सफल भएकोमा धन्यवाद दिँदै आफू परिवर्तन हुँदै समाज परिवर्तन गर्न बालबालिकाको मुख्य भूमिका रहनुपर्नेमा जोड दिए ।

निमित्त कार्यकारी निर्देशक शिव शर्मा चापागाईंले लागू पदार्थको प्रयोगबाट युवा तथा  बालबालिकामा देखिएको असरबारेमा बालिकाहरूले गीतको लयबाट जनचेतना फैलाएको भन्दै धन्यवाद ज्ञापन गरे । यस्ता दुर्व्यसनी रोक्न प्रौढको पनि उत्तिकै जिम्मेवारी रहने कुरामा उनको जोड थियो । कार्यक्रममा संस्थाका अध्यक्ष शान्त पौडेलले समाज समुदाय परिवर्तनका सवालमा यस्ता खालका चेतनामूलक गतिविधि संस्थाले  निरन्तर  रूपमा गर्दै आइरहेको र  बालबालिकाको क्षमता विकासमा थप टेवा पुगेको बताए ।  तीजको अवसरमा आयोजना भएको यो कार्यक्रमले चाडपर्वलाई पनि महत्त्व दिएको र उपस्थित सम्पूर्ण बालबालिका र अभिभावकहरूलाई तीजको शुभकामना पनि दिएका थिए । कार्यक्रममा संस्थाका कार्यसमिति कोषाध्यक्ष कुलप्रसाद पौडेल र शान्ता प्यासीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहसंयोजक रमेश सुवेदीले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP