तीज यस्तो होस् – प्रतिमा पोख्रेल ‘नयाँ सृष्टि’ – Sarangi News

तीज नेपाली हिन्दु नारीहरुले मनाने एक विशेष महान पर्व हो । ग्रन्थहरुलाई पल्टाएर हेर्दा विभिन्न मतमतान्तर पाइन्छ । विशेष गरी हिमालय पर्वतकी छोरी पार्वतीको बिवाह भगवान विष्णुसँग गरिदिने चाहान्थे । तर, पार्वतीले महादेवलाई पति पाऊ भनेर निराहार व्रत बसि भगवान महादेवलाई प्राप्त गरेको दिनको सम्झनालाई तीज पर्व मानिन्छ । सामाजिक दृष्टिकोणबाट हेर्दा सानैमा बिवाह गरेर पराई घर गएका छोरीचेलीहरुलाई आमाबाबा र चेलीमाइतीको सम्बन्ध, सद्भाव र अपन्त्वलाई जीवन्त राखिरहनलाई तीज पर्वको निकै महत्व छ । आमाबाबा अथवा दाजुभाइले छोरीचेली र दिदीबहिनीहरुलाई माइती घर बोलाएर रमाइलो तवरले मिठोमसिनो खुवाउने प्रचलन अर्थात दर खुवाउने चलन चलिआएको कुरा सर्वविधितै छ ।

अविवाहित नारीले असल र योग्य पति देव पाउँ भनी र बिबाहित नारीहरुले आफु र आफ्नो घर परिवामा सुख शान्ति छावस भनी निराहार व्रत बसि यो पर्व मनाउने गरिन्छ । तर, तीज पर्व बिधवा र सामान्य बर्गका महिलाहरुका लागि अभिषाप र बर्गिय रूपमा भट्किलो बन्दै गहिरहेको देखिन्छ यो निकै चिन्तनिय विषय हो । महिनौं अघि देखि महँगा पाट्री प्यालेस बुक गर्ने, रंगीचंगी महँगा बस्त्र माथी मुल्यवान आभूषणको पहिरनले गर्दा चुलिदो महँगीको रापले सर्वसाधारणको जीवनमा नकरात्मक असर पारेको छ । लैङ्गिक असमानता, बर्गिय बिभेदीकरण दुर–दराजमा पुगेको छ । सामाजिक, मूल्य मान्यता धार्मिक संस्कार–संस्कृती,रीतिरिवाजलाई विर्सेर भड्किलो र उत्ताउलो पर्वका रुपमा मनाउने प्रवृति बढेको छ भन्दा अतियुतmी नहोला । अंग प्रदर्शन गर्ने उच्छृङ्खल शैलीका गानाबजानले सनातन देखि चलिआएको आफ्नो मौलिकता हराउँदै गएको छ । संस्कृति एक पुस्ता बाट अर्को पुस्तामा हस्तान्तरण हुनुको सट्टा लोप हुँदै गइरहेको खासै चिन्ता गरेको देखिदैन् । बोझिलो र महँगो बन्दै गएको तीज लगायत अन्य पर्वले अर्थतन्त्रमा ठूलो आर्थिक संकट व्यहोर्नु पर्ने अवस्था सिर्जना भइरहेको कस्लो बुझ्ने ?

यस्ले गर्दा सामान्य बर्गका महिलाबिच र उच्च बर्गका महिलाबिचको ठूलो दरार देखा पर्नुका साथै महिला शसक्तीकरणका उन्नयन र उर्जाशील भावनाहरु तुहिनुको साथै सामाजिक परिवर्तन र समाज समुदाय र राष्ट्रलाई विकसित राष्ट्रमा रुपान्तरण गरी सुन्दर भविष्यको परिकल्पनाका सोचहरुमा विकृत सोचका सुनामी आएको छ । भाबी सन्ततिहरुले चाड पर्व ,रीतिरिवाज आफ्नो संस्कार संस्कृतीको अनुभूति गर्न नपाउने हुन् कि आशंका पैदा भएको छ । अहिले तीज पर्वको प्रवृति हेर्दा निम्न बर्गिय महिला र एकल वा विधवा महिला धर्मको माखे साङ्लोमा परेका छन् । उनिहरुको आत्मवल तथा मनोबल कमजोर पार्दै शक्तिलाई निराशामा बदल्दै समाजबाट अलग्याउने र नारीले नारीमाथी नै राख्ने साँघुरो सोचले पितृसत्तालाई सपोट गरिरहेको छ ।

आजको नयाँ नयाँ सूचना प्रविधिको बिकाससँगै नयाँ कुराको खोज अनुसन्धान र बैज्ञानिक सोचको बिकास र धारणा बोकेको एक स–सक्त उर्जासिल नारी समुदाय निर्माण हाेस् ।  राष्ट्र राष्ट्रियतामा देखिएका सबै समस्या समाधान होस् । बलात्कारको सिकार बनेका नमिता सुनितादेखि निर्मला पन्त हुँदै भागिरथी सम्मका नारीहरुको चित्कार सुन्न इजलासको कानमा चेतना र सामाजिक न्यायको धुन बजोस् । रुढ दृष्टिकोणमा आमूल परिवर्तन हाेस्, तीज सबै महिला र नेपालीको पर्व बन्न सकोस् ।

 

अरुण गा.पा. ५ , भोजपुर

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP