Trend
भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई  ||   साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो।  ||   पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन  ||   इशानेश्वर महादेव मन्दिरमा साउन महिनाको अन्तिम सोमबारमा भक्तनजहरुको घुईचो(फोटो फिचर)  ||   लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||  
बुधबार , साउन २९, २०८२
 खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न  – Sarangi News
पोखरा । अन्नपूर्ण गाउँपालिकाको लेवाडे अर्गानिक कृषि सहकारी संस्था र सिर्जनशील अर्गानिक कृषि सहकारी संस्थाको सयुक्त आयोजना तथा अन्नपूर्ण गाउँपालिका र चिल्ड्रेन नेपालको सहयोगमा अर्गानिक कृषि प्रबर्द्धन तथा बाताबरण संरक्षण बिसयमा  तिज गित प्रतियोगिता सम्पन्न भएको छ।कार्यक्रममा ६ वटा  समुहले भाग लिएका थिए।प्रतियोगितामा तिर्सना महिला समुह लेवाडेले प्रथम स्थान प्राप्त गरेको थियो भने दोस्रो र तेस्रो स्थान क्रमश सिर्जना सामुदायिक बिद्यालयको बाल समुह  र माछापुच्छ्रे माध्यमिक बिधालयको शिक्षक समुहले प्राप्त गरेको थिए।प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने समुहलाई  पुरस्कारको ब्यबस्था गरिएको थियो । सान्त्वना स्थान प्राप्त गर्न सफल चेतभक्त लम्साललाई प्रसंशा स्वरुप सान्त्वना पुरस्कार बितरण गरिएको थियो ।
प्रतियोगितामा निर्णयकमण्डलको भुमिकामा मनोज कठायत,ज्योति पौडेल र हरि के सि  रहेका थिए । पुरस्कार बितरण कार्यक्रम सिर्जनशील  अर्गानिक कृषि सहकारी फल्लापानीका अध्यक्ष बुद्धि माया दहालको अध्यक्षतामा भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण  गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर के सि  हुनुहुन्थ्यो ।प्रमुख अतिथिले अर्गानिक कृषिको प्रबर्द्धन गर्न संस्थाले गरेको कामको प्रसंशा गर्नु भएको थियो । गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला देबकोटाले फल्लापानी र लेवाडेमा चिल्ड्रेन नेपालले अर्गानिक कृषि सङसङै महिला शसक्तिकरणको क्षेत्रमा  महिलालाई अगाडि बढ्न प्रोत्साहन दिएर कार्यक्रम गरेकोमा संस्थाको प्रसंशा गर्दै आगामी दिनमा गाउँपालिका सहकार्य गर्दै काम गर्न प्रतिबद्ध रहेको कुरा बताउनु भयो। कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत र उदेश्य  लेवाडे अर्गानिक कृषि सहकारीका अध्यक्ष टीका देबि दहालले गरेकी थिइन । चिल्ड्रेन नेपालका निमित्त कार्यकारी निर्देशक शिव शर्मा चापागाईंले बिकासको नाममा बिनास गरि माटो बिगार्न छोडेर प्रकृतिमैत्री बाट नै दीगो बिकास सम्भब छ भन्ने उदाहरण यहि दुई स्थानमा देखिन्छ । जसबाट समुदाय र समाज बाताबरण मैत्री बन्दै नमुना गाउँ उन्मुख भएको छ। चिल्ड्रेन नेपालले गाउँपालिकासंग निरन्तर  समन्वय र सहकार्य गरेर अर्गानिक कृषिलाई प्रबर्द्धन गर्न अगाडि बढ्ने कुरामा जोड दिनु भएको थियो ।तिजको अबसरमा गरिएको यो कार्यक्रममा प्रस्तुत गरिएका गित जस्तै समुदायको परिबर्तनको लागि ब्यबहारमा उतार्न सक्षम हुनेछ भन्दै शुभकामना दिनु भएको थियो ।प्रमुख प्रशासकिय अधिकृत खेमराज देबकोटाले  चिल्ड्रेन नेपालले गाउँपालिका संग सहकार्य गर्दै गरेको कार्यशैलिको प्रसंशा गरेका थिए ।सबै किसानला अर्गानिक खेती गर्न गाउँपालिकाले सक्दो सहयोग गर्ने कुरामा जोड  दिएका थिए। वाड न १ का अध्यक्ष तुलसी प्रसाद अधिकारीले माटो जोगाऔ,स्वास्थ खाद्यान्न उत्पादन गरौँ अर्गानिक उत्पादनमा वृद्धि गर्न जोड दिनु भएको थियो । वाड अध्यक्ष पिताम्बर भन्डारी ,कार्यपालिका सदस्य चतुर्मान बि क लगायतले शुभकामना दिएका थिए। कार्यक्रमको संचालन लक्ष्मी दहालले गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP