गाै बोमबस्त माविमा तीजको दर खाने कार्यक्रम सम्पन्न – Sarangi News
म्याग्दी – मालिका ५ देविस्थान स्थीत श्री गौ बोमबस्त माध्यमिक विद्यालयमा तीजको दर खाने  कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली नारीहरुको महान पर्व तीजको पुर्व सन्ध्यामा विद्यालयले तीज बिशोष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका, जनप्रतिनिधि, सामाजिक कार्यकर्ता तथा देविस्थान स्वाथ्य चैकीका कर्मचारीहरुको सहभागिता रहेको थियो । तीज बिशेष कार्यक्रमको अवसरमा विद्यालयको  बातावरण नै तीजमय भएको थियो ।कार्यक्रमा शिक्षक कर्मचारी तथा जनप्रतिनिधीहरुले संगै दर खाएर छम–छमी कम्मर मर्काएर नाचे ।
वर्षभरीका सबै दुःख भुलेर आगामी जिवनलाई सुखमय बनाउन र  नेपाली संस्कृतिको जगेर्ना गर्नका लागि यो कार्यक्रमको आयोजना गरिएको  शिक्षक चेत बहादुर जिटिले जानकारी दिनुभयो । कार्यक्रममा पुर्व वडा अध्यक्ष पिपला बुढाथोकी, वडा सदस्य सरीता सुनार, सामाजिक व्यतिmत्व राजमती बुढा र नवीना पुन, स्वास्थ्यकर्मी सपना राना, पविता पुन, सुमन गुरुङलगाएतको उपस्थिती रहेको थियो ।
तीज बिशेष कार्यक्रम अन्तरर्गत विद्यालयले शुत्रबार मात्रै  अन्तर विद्यालय स्तरी सामुहिक खुल्ला नृत्य प्रतियोगिताको अवार्ड समेत जित्न सफल भएको गौ बोमबस्त मावि विद्यालय मालिकाको पुरानो विद्यालय हो । दक्ष तथा अनुभवी शिक्षक शिक्षिक रहेको यस बिद्यालयले पढाई सँग सँगै अतिरिक्त क्रियाकलापमा पनि बिशेष जोड रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

समिभन्ज्याङमा तिजगीत, उत्साहजनक सहभागिता

सवारी दुर्घटना न्युनिकरण गर्न क्लबले जेब्रा क्रसिङ बनायो।

भोर्लेटारको हरितालिका तिज फूटबल उपाधी बौद्द शान्ती क्लब पोखराको पोल्टामा।

भोर्लेटारमा प्रथम 9A साईड फूटबल प्रतियोगिता शुरु।

प्रथम ९ ए साईड फूटबल प्रतियोगिता फाईनल भोलि, ग्रीन भ्याली क्लब र बौद्द शान्ति क्लब रामघाट बीच भिडन्त।

साहित्यकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई शक्ति पुरस्कार        


TOP