Trend
ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।  ||   रुपिन्द्रको बालगीतमा विश्व कीर्तिमानी बाल प्रतिभा उत्प्रेमको स्वर (भिडियो)  ||   आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।  ||   भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।  ||   लमजुङमा ३० जना कैदी तथा थुनुवा नियन्त्रणमा।  ||   आत्मालोचना गरि जनताको असन्तुष्टि स्विकार्दै-अध्यक्ष दाहाल।  ||   लघुकथा प्रतिष्ठानमा कल्याण, लघुकथा पुरस्कार स्थापना  ||   किन खस्कियो सामुदायिक शिक्षा : दोषी को ? समाधान के ? विद्योदयमा प्यानल डिस्कसन हुने  ||  
मंगलबार , अषोज २८, २०८२
पीडा प्रेम : हार्ड टु बि लिभिङ ! (आत्महत्या गरेका प्रेमजाेडीकाे सुसाइड नाेट) – Sarangi News

काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट हाम फालेर १४ वर्षीय किशोर किशोरीले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन । घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ । अनिकेतले नोटमा लेखेका छन्–‘हार्ड टु बि लिभिङ के, मैले बास्तवमै बाँच्ने उत्प्रेरण गुमाएको छु । र, आफैंलाई मार्ने उत्प्रेरणा पाएँ ।’

डायरीमा लेखिएको मिति अनुसार साउन ३० मा अनिकेतले सुसाइड नोट लेख्न थालेका थिए । ‘डियर डायरी’ सम्बोध गर्दै सो नोट लेखन शुरु गरिएको छ । नोटमा दिदीले कुटेको र सो कुटाइबाट परीक्षा दिन लागेको बेलासम्म दुःखी भएको कुरा उल्लेख गरिएको छ । आफ्नो सम्बन्धमा बावु आमाले अवरोध गरेको बारे नोटमा उल्लेख गरिएको छ । घटनास्थलमा (घरको ६ तलामा) भेटिएको नोटमा अनिकेतले लेखेका छन्–‘मुटुचाहिँ बाँचिरहेको छ, कारण कृपिता ।’

के गर्ने भन्नेबारे विषय नभएको र जीवनमा सँधै फेल भएको कुरा नोटमा लेखिएको छ । ‘म सँधै फेल हुन्छु’ नोटको अन्तिममा लेखिएको छ–‘योर्स अनिकेत ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP