Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
पीडा प्रेम : हार्ड टु बि लिभिङ ! (आत्महत्या गरेका प्रेमजाेडीकाे सुसाइड नाेट) – Sarangi News

काठमाडौंको बुद्धनगरमा निर्माणाधीन घरको ६ तला माथिबाट हाम फालेर १४ वर्षीय किशोर किशोरीले आत्महत्या गरेका छन् । मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्ने १४ वर्षका किशोर अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया किशोरी कृपिता जयसवाल छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनीहरु प्रेमी प्रेमिका हुन । घटनास्थलमा अनिकेतले लेखेको ८ पेज लामो सुसाइड नोट भेटिएको छ । अनिकेतले नोटमा लेखेका छन्–‘हार्ड टु बि लिभिङ के, मैले बास्तवमै बाँच्ने उत्प्रेरण गुमाएको छु । र, आफैंलाई मार्ने उत्प्रेरणा पाएँ ।’

डायरीमा लेखिएको मिति अनुसार साउन ३० मा अनिकेतले सुसाइड नोट लेख्न थालेका थिए । ‘डियर डायरी’ सम्बोध गर्दै सो नोट लेखन शुरु गरिएको छ । नोटमा दिदीले कुटेको र सो कुटाइबाट परीक्षा दिन लागेको बेलासम्म दुःखी भएको कुरा उल्लेख गरिएको छ । आफ्नो सम्बन्धमा बावु आमाले अवरोध गरेको बारे नोटमा उल्लेख गरिएको छ । घटनास्थलमा (घरको ६ तलामा) भेटिएको नोटमा अनिकेतले लेखेका छन्–‘मुटुचाहिँ बाँचिरहेको छ, कारण कृपिता ।’

के गर्ने भन्नेबारे विषय नभएको र जीवनमा सँधै फेल भएको कुरा नोटमा लेखिएको छ । ‘म सँधै फेल हुन्छु’ नोटको अन्तिममा लेखिएको छ–‘योर्स अनिकेत ।’

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 39 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP