Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बुधबार , असार ३, २०८३
भारतको मध्य प्रदेश ग्वालियरमा आयोजित अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव समापन, नेपाली टोली स्वदेश फर्कियो – Sarangi News

ग्वालियर भारत । उद्भव सांस्कृतिक एवं क्रीड़ा संस्थानको आयोजनामा स्थापनाको २५ औँ वर्षको अवसरमा आयोजित प्रथम “अन्तराष्ट्रिय ग्वालियर साहित्य उत्सव‘‘ २७ अगष्ट देखि ३० अगष्ट २०२२ सम्म भारतीय पर्यटन एवं यात्रा प्रबन्ध संस्थान परिसरमा सम्पन्न भएको छ।

बुधबार कार्यक्रमको समापन गर्दै प्रमुख अतिथी राष्ट्रीय मानव अधिकार आयोग,भारतका अध्यक्ष न्यायमूर्ति अरुण मिश्राले देशको संस्कृति र सभ्यताले सहित्यलाई मापन गर्ने जानकारी दिएका थिए। साहित्यले शहर, देश मात्र नभई आउने पिढीलाई मार्गदर्शन गर्ने साथै साहित्यको गहिराई सागर जस्तो र उचाई सगरमाथा जस्तो हुनुपर्ने कुरा जनाउँदै असमानता, कुरीति र विसंगतिलाई हटाउन साहित्यको योगदान रहेको बताए।

कार्यक्रममा पुरु लम्साल र ओम कुमारी बञ्जारा रानाभाटले नेपाली साहित्यमा भारतीय साहित्यको प्रभाव शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।

साँस्कृतिक दर्शनका प्रभाव प्राचीन कालदेखि नेपाली साहित्यको बिभिन्न विधामा रहेको सो अबसरमा जानकारी गराइएको थियो।

राष्ट्रिय अन्तराष्ट्रिय साहित्यकारको उपस्थितिमा सम्पन्न कार्यक्रममा केंद्रीय मंत्री ज्योतिरादित्य सिंधिया, प्रख्यात फिल्म लेखक, निदेषक पियूष मिश्रा, फिल्म एवं नाटक लेखक अभिराम भड़कमकर, पद्मश्री डॉ. विद्याबिन्दु सिंह,डॉ. अजय कुमार के.सी., उदय माहुरकर, प्रो. कलाधर आर्य, डॉ. परीन सोमानी (इंग्लैण्ड), अनिल श्रेष्ठ (नेपाल),पुरू लम्साल (नेपाल),आकाश अधिकारी(नेपाल), उषा केसी (नेपाल), ओम कुमारी बञ्जारा रानाभाट (नेपाल),दिवाकर भट्टराई (नेपाल) र जानकी कुँवर(नेपाल) लगायतका वक्ताले रचना साथै धारणा व्यक्त गरेका थिए।

कार्यक्रम सम्पन्न पश्चात नेपाली टोली बुधबार नेपाल आइपुगेको छ।आदिइत्यादि समुह,पुरु लम्सालको संयोजकत्वमा भारत पुगेको समूहले साहित्यको माध्यमवाट विश्वलाई जोडेको हुँदा खुसी प्रकट गर्दै यस्ता कार्यक्रमले विश्वमाझ नेपाली साहित्यलाई पुर्याउन मद्दत पुग्ने लम्सालले बताए।त्यस्तै अन्तराष्ट्रिय साहित्य उत्सवले भाषा संस्कृतिको उन्नयनमा थप टेवा पुग्ने आकाश अधिकारीले जनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP