एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको पोखरा महानगर सम्मेलन सम्पन्न – Sarangi News

पोखरा । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको पोखरा महानगर समितिको तेस्रो सम्मेलन शनिबार सम्पन्न भएको छ ।

सङ्गठनका अध्यक्ष भुवन सुवेदीको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पोखरा महानगर इन्चार्ज दीपक कोइराला ‘रुपक’ले पार्टी बलियो हुँदा मात्रै जनवर्गीय सङ्गठनहरू बलियो हुने धारणा राखे । गण्डकी प्रदेशका सांसद्समेत रहेका उनले पार्टीलाई सहयोग गर्नका लागि सम्पूर्ण शिक्षकहरूसँग आग्रह गरे । शिक्षक सङ्गठनका नेताहरू एकजुट भए मात्र पार्टी एकजुट भएर अघि बढ्न सक्ने उनको आशय थियो । पार्टीले हेरेन मात्रै भन्नुभन्दा पार्टीको नीति र सिद्धान्तप्रति निष्ठावान् हुँदै आफ्नो कार्यक्षेत्रमा अब्बल भएर लाग्नुपर्नेमा कोइरालाको जोड थियो । पार्टी वा सङ्गठनमा उतारचढाव आउनु र मतभेद देखिनु सामान्य नियमितता भएको भन्दै उनले यो व्यवस्थाको रक्षा गर्ने माओवादीबाहेक अरू विकल्प नरहेको बताए । केपी ओलीले गरेको संसद् विघटन सदर भएको भए हजारौँ मानिसले दुःख खेप्नुपर्ने परिस्थिति देखिएकाले नेपाली काङ्ग्रेससँग गठबन्धन गरेर अघि बढिएको कोइरालाले खुलासा गरे । आगामी मङ्सिर ४ को चुनावी प्रसङ्ग कोट्याउँदै उनले चुनावमा भाग लिँदा संसदीय अभ्यासअनुसार अघि बढिरहँदा पनि इमानदारी र सिद्धान्त छोड्न नहुने बताए ।

सङ्गठनका केन्द्रीय उपाध्यक्ष झपिन्द्रबहादुर क्षेत्रीले शिक्षकहरूमा निराशा आउन नदिन सङ्गठन लागिपर्ने धारणा राखे । उनले सङ्गठनले यस वर्षलाई सम्मेलन वर्षका रूपमा लिएको सुनाउँदै क्रमशः स्थानीय तह, जिल्ला र प्रदेश हुँदै केन्द्रीय सम्मेलन गरिने जानकारी दिए ।

सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष सोमनाथ ढुङ्गानाले सङ्गठनलाई दोष दिनुभन्दा आफ्नो कर्तव्यमा शिक्षकहरू अडिग हुनुपर्ने बताए ।

नेपाल शिक्षक महासङ्घ, कास्कीका सहअध्यक्ष महेन्द्रमणि पौडेलले पार्टीले सङ्गठनप्रति अभिभावकत्व प्रदान गर्नुपर्नेमा जोड दिए । पौडेलले शिक्षकहरूको समस्या समाधानका लागि पार्टीले जिम्मेवारीपूर्वक भूमिका निभाउन नसक्दा क्रमशः शिक्षकहरूमा निराशा पैदा हुने र सिङ्गो पार्टी नै कमजोर हुने अवस्थाप्रति सचेत हुन पार्टी नेतृत्वलाई खबरदारी गरे ।

कार्यक्रममा सङ्गठनकी गण्डकी प्रदेश उपाध्यक्ष शोभा तमु, राहत शिक्षक विभागका संयोजक विष्णुप्रसाद भट्टराई, अखिल क्रान्तिकारीका मधुसुदन तिमिल्सिना, वाइसिएल महानगर कमिटीका संयोजक बलराम तिमिल्सिना, सङ्गठनका मादी गाउँपालिका अध्यक्ष हरिहर सुवेदी, कास्की जिल्ला समितिका अध्यक्ष तारानाथ पौडेल, नेकपा माओवादी केन्द्रका महानगर अध्यक्ष हरिनारायण गिरीलगायतले शुभकामना राखेका थिए ।

भुवन सुवेदी

अध्यक्ष भुवन सुवेदीले साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पेस गरेका कार्यक्रमको सञ्चालन सचिव विकल पौडेलले र स्वागत उपाध्यक्ष यादवप्रसाद भट्टराईले गरेका थिए ।

सम्मेलनले टङ्क सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष शिवहरि पाण्डे, महिला उपाध्यक्ष पूर्णिमा गुरुङ, सचिव मदन थापा, अर्थ सचिव अम्बिका भण्डारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP