चिल्ड्रेन नेपालद्वारा बालअधिकारसम्बन्धी अनुशिक्षण – Sarangi News
पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा रास्टृय बाल दिवस २०७९ को अबसरमा संस्थाले बिद्यालय पढ्न सहयोग गरेका सामुदायिक बिद्यालयका बालबालिकाहरुको क्षमता बिकासलाई सहयोग पुग्ने उदेश्यले बाल अधिकार , बाल संरक्षण ,बाल सहभागिता ,कर्तव्य र जिम्मेवार तथा  बाल क्लबको गठन प्रक्रिया साथै लैगिंक हिंसा र बालविवाह रोक्ने उपायहरुका बिषयमा समेत तालिम सम्पन्न भएको छ ।
उक्त एक दिने  तालिम ३ स्थान क्रमश : कालिका माध्यमिक बिद्यालय,कन्या माध्यमिक बिद्यालय, र साहारा आधारभुत बिद्यालयमा संचालन गरिएको थियो ।  तीन स्थानमा गरि ६० जना बालबालिकाहरुको कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रम संचालित भएका कालिका माध्यामिक बिद्यालयमा सह सयोजक रमेश सुवेदी र सहायक सयोजक सुनिता तिमिल्सिना ,कन्या माध्यमिक बिद्यालयमा वरिष्ठ कार्यक्रम अधिकृत शारदा शर्मा र सहायक सयोजक लीला न्यौपाने र सहारा आधारभुत बिद्यालयमा सहायक सयोजकद्वय महेन्द्र पौडेल र विशाल घोतानेले सहजीकरण गर्नु भएको थियो ।  कार्यक्रममा सहभागी बालबालिकाले तालिम बाट बालबालिकाका सवालमा जान्नु पर्ने र बालबालिकाको आफ्नो  जिम्मेवारी बारेमा पनि स्पस्ट हुने अबसर प्राप्त भएको र आफुले सिकेको कुरा आफैं बाट  पालना गर्दै अरु बालबालिकालाई पनि आदानप्रदान गरि सुसूचित गराउने कुरा ब्यक्त गरेका थिए ।
अन्त्यमा तालिम सहजकर्ताहरुले बालबालिकालाई  तालिममा सिकेका कुराहरु ब्यवहारमा लागु गर्दै आफ्नो पठनपाठनमा  जोड दिनुपर्ने कुरा बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भेटीबाट सङ्कलित रकमबाट बालगृहमा अक्षयकोष

करापुटारमा ‘महाशिवरात्री मेला–२०८२’ को भव्य तयारी: ३६ उपसमिति परिचालन

महिला लघुवित्तद्वारा देशभर वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

​दीपक माविको ६७ औं वार्षिकोत्सव सम्पन्न, लोकनृत्यमा न्यू वेस्ट पोइन्ट प्रथम

भण्डारी र कडेलद्वारा बाराही आविका विद्यार्थीलाई पोसाक र स्टेसनरी वितरण

भाषा शिक्षक परिषद्को १६ औँ साधारण सभा, प्रा. डा. पोखरेल सम्मानित


TOP