चिल्ड्रेन नेपालद्वारा बाल दिवसमा वक्तृत्वकला – Sarangi News
पोखरा । राष्ट्रिय बाल दिवस २०७९ को अवसरमा चिल्ड्रेन–नेपालको आयोजनामा बालबालिकाहरु बिचको बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालबिबाह र त्यसको प्रभाब बिषयमा बालबालिकाहरुले आफनो प्रस्तुती गरेका थिए ।संस्थाले बिद्यालय पठनपाठनमा सहयोग गरेका पोखरा महानगरपालिका भित्रका १० वटा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका बालबालिकाहरु विचमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । बिगतका बर्षहरुमा जस्तै यश बर्ष पनि बाल दिवसको अबसरमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रम बालबालिकाहरुमा रहेको आन्तरिक  प्रतिभालाई प्रष्फुटन गर्ने उद्धेश्यले आयोजना गरिएको बालबालिका युवा तथा परिबार शाखाका सह संयोजक रमेश सुबेदीले जानकारी दिनुभयो । प्रतियोगितामा १० वटा बिद्यालयका १७ जना बालबालिकाले भाग लिनु भएको थियो ।
प्रतियोगितामा आधारभुत तर्फ प्रथम स्थान हासिल गर्न सफल  श्री धर्मस्थली आधारभुत बिद्यालयका बालिका स्वेता बि क,ले प्रथम स्थान हासिल गरेकी थिइन भने दोस्रो र तेस्रो स्थान क्रमशः साहारा बाल आधारभुत बिद्यालयका बालिका लक्ष्मी परियार र कालिका माध्यमिक बिधालयका सोनिका सुनारले प्राप्त गरेका थिए । त्यसै गरि माध्यमिक तह तर्फबाट प्रतियोगितामा कन्या माध्यमिक बिद्यालयका अनिशा सुनारले प्रथम स्थान प्राप्त गर्न सफल भएकी थिइन भने दोस्रो र तृतीय स्थान क्रमशः गिता किसान कालिका माद्यामिक बिधालय र अपना राई श्रीकृष्ण माध्यमिक बिद्यालय ले प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा निर्णायक मन्डलमा रमेश सुवेदी र विशाल घोताने रहनु भएको थियो ।उत्कृष्ट सम्पुर्ण बालबालिकालाई प्रमुख अतिथिले पुरस्कार बितरण गर्नु भएको थियो ।
समापन तथा पुरस्कार बितरण कार्यक्रम चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माको अध्यक्षता भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वाड न ७ का अध्यक्ष राम मोहन आचार्य हुनुहुन्थ्यो । प्रमुख अतिथिले चिल्ड्रेन नेपालसंग वाड कार्यालयले समन्वय र सहकार्य गरेर काम सप्पन्न गर्ने कुरामा जोड दिनु भएको थियो । संस्थाका कामको प्रसंशा गर्दै यश कार्यक्रममा सहभागी बालबालिका स्वयंले पनि सिकेको बिषयहरु अरुहरुमा रुपान्तरण गर्न सकेमा परिबर्तन सम्भब हुने बताउनु भएको थियो  । कार्यक्रममा  वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईंले अधिकार संगै कर्तव्यमा पनि बालबालिका सचेत हुन जरुरी रहेको कुरा व्यक्त गर्नु भएको थियो ।कार्यकारी  निर्देशक डिल्ली प्रसाद शर्माले  बक्तृत्वकला मार्फत बालबालिकाको आन्तरिक प्रतिभालाई प्रस्फुटन गर्न र यस्तो प्रतियोगिताले बालबालिकाहरूको बौद्धिक क्षमता वृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरा बताउदै आगामी दिनमा बालबालिकाहरुले सामान्य ज्ञान र समसामयिक बिसयमा पनि उत्तिकै ध्यान दिनु पर्ने बताउनुभयो । प्रथम स्थान प्राप्त गरेकी कन्या माध्यमिक  विद्यालयकी छात्रा अनिसा सुनारले यो प्रतियोगिता बाट आफू अत्यन्तै खुसी भएको र चिल्ड्रेन नेपालले बालबालिकाको क्षमता बिकासमा आयोजना गरेको यो कार्यक्रममा भाग लिनु भएका सम्पुर्ण साथीहरूलाई धन्यवाद दिएकी थिइन् । उनले पाठ्यपुस्तक भन्दा बाहिरको सामान्य ज्ञान पनि जान्नु पर्ने कुरामा थप उर्जा मिलेको कुरा बताइन। उक्त बक्तृत्वकला प्रतियोगिताको संचालन सहायक  सयोजक सुनिता तिमिल्सिनाले गर्नु भएको थियो भने समापन  कार्यक्रमको संचालन सह सयोजक रमेश सुबेदीले गर्नु भएको थियो ।कार्यक्रममा सहायक सयोजक ,महेन्द्र पौडेल र लीला न्यौपानेले सहजीकरणमा सहयोग गर्नु भएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP