राजन ग्याल्दाङ घलेकाे लघुकथा : उद्घोषण – Sarangi News

जिल्लाले चार दिने नि:शूल्क औपचारिक उद्घोषण तालिम सञ्चालन गरेको थियो । तालिम नि:शूल्क भएकाले सिमित सङ्ख्यामा सिमित व्यक्तिहरुले सहभागी भएका थिए।

सिमित व्यक्तिहरू भित्र विभिन्न सँघ‌‍‌‌‌‌संस्थाकाे प्रतिनिधित्व गरेर आएका थिए ।  जम्माजम्मी पैँतिस चालिस जनाकाे सहभागीता थियो ।

तालिम सुरू गरिएको तेस्रो दिनमा उत्कृष्ट दश जना छनोट भयो । छनोट भित्र तिलक पनि परेको थियो ।

चौथो दिनमा दश जनाबाट एकजना बिजेता छनोट हुँदै थियो ।

तिलक धेरै र राम्रो पनि बोल्थे ,उद्घोषण गर्थे अरूको भन्दा आफ्नो  उद्घोषण दमदार ठान्दथे । प्रतिस्पर्धी साथीहरूको केही आकलन पनि तिलक माथि थियो । शत्रु कहाँ कमजोर हुन्छ र भने झैं छनोटमा परेका सबै उद्घोषकहरु कुसल नै थिए 

चौथो दिनमा प्रक्टिकलबाट बिजेता छनोट प्रक्रिया चल्यो ।

बिजेता छनोट गर्न प्रशिक्षक ‘प्रकाश’सर कुर्चीमा  बस्नुभएकाे थियाे । सरकाे हातमा  रुब्रिक्स  थियाे । जुन फाइलबुकका आधारमा आज एक जना उत्कृष्ट उद्घाेषक छनाेट हुँदै थियो ।

उद्घोषण गर्ने काम सुचारू भयो। सबैले आ-आफ्नो तरिकाले मञ्जमा उभिएर कार्यक्रम स‌ञ्चानल गर्न थाले । तिलक आफ्नो पालो आएपछि जुरूक्क उठेर अगाडि गई उद्घोषण गर्न थाल्यो ।

उपस्थित दर्शकहरूले तिलकको उद्घोषणमा खासै ध्यान दिएको देखिएन । अरूको उद्घोषणमा तिलक आफै ताली पड्काएर साथ दिएको थियो । उसको पालामा न कसैले प्रशंसा गरे , न कसैले ताली नै बजाए । अन्तिम उद्घोषण सकिएको केही समयमै बिजेता घोषण गर्यो । उक्त घोषणमा सूर्यमानको नाम आयो ।

तिलक छक्क पर्यो । प्रशिक्षक तिर अगाडि बढ्यो अनि सोध्न थाल्यो ।

सर ! म भन्दा कम बोल्ने थोरै बोल्नेको नाम बिजेतामा कसरी ?

आफूले के,कत्ति, कस्तो बोल्यो भन्ने मूल्याङकन त दर्शकले गरिने हो । बोलेन मात्र भइन्दैन ।

अरूमा भन्दा तिम्रो व्यक्तित्व, वाणी, वाककला, हाउभाउ कमी थियो । त्यसैले छनोटमा परेन । कुसल र असल उद्धघाेषक हुन  सहि समयमा गलत शव्द प्रयाेबाट बच्नुपर्छ , रसिलो शब्द , हँसिलो मुहार ,कन्भिडेन्ट, समयको सदुपयोग ,स्मार्ट व्यक्तित्व ईत्यादी थुप्रै उद्घोषकमा हुनु पर्ने गुण थियो र बिजेता बन्यो । कमीकम्जोरी औंल्याउदै प्रशिक्षकले भन्नुभयाे।

प्रशिक्षकको कुराले तिलक मुख बन्द भयाे   ।

 

राजन ग्याल्दाङ घले 

 धार्चे- ६ काशीगाउँ , गोरखा,  हाल – जापान ,गुन्मा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP