गाै बाेमबस्तमा बडा दसैं तथा तिहारकाे शुभकामना आदन-प्रदान – Sarangi News

देविस्थान, म्याग्दी । हिन्दु हरुको महान चाड बडा दसैं, तिहार, नेपाल सम्वत तथा छठ पर्व २०७९ को अवसर पारेर मालिका ५- म्याग्दीकाे श्री गाै बाेमबस्त माध्यामिक विद्यालयमा पहिलाे पटक विद्यालयमा दसैं विशेष कार्यक्रम आयोजना गरेको छ ।
विद्यालयमा अध्ययरत साना विद्यार्थीहरुलाई शिक्षकहरुले टिका र आर्शिबाद दिएर विद्यालयले दशै सोमबार मनाएको हो ।
गाै बाेमबस्त माध्यामिक विद्यालयमा मन्टेश्वरी र कक्षा १० सम्ममा अध्ययरत ३ सय जना विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक अमृत बुढाथाेकी सहित अन्य शिक्षक तथा शिक्षीकाहरुले दसैंकाे टिका लगाइ दिएका थिए ।
‘चार्डपर्व भित्रिएको हुनाले विद्यालयमा आफुले दशैको कार्यक्रमम राखेको प्रधानाध्यापक अमृत बुढाथाेकीले भन्नुभयाे, ‘विद्यार्थीलाई दसैंको अनुभूति र सांस्कृतिक महत्व बुझाउन नवरात्री पहिलाे दिन घटस्थापनामा विद्यालयमा दसैं विशेष कार्यक्रम राखेका हौं ।’
सोही अवसरमा विद्यालयले शिक्षक, विद्यार्थी, अभिभावक बीच बिजयी दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदन–प्रदान कार्यक्रम समेत राखिएको थियो । कार्यक्रममा पूर्व वडा अध्यक्ष पीपला बुढाथाेकीले शिक्षक, विद्यार्थी, अभिभावकहरुलाई शुभकामना दिनुभएकाे थियाे । साथै साेही अबसरमा विद्यार्थीहरुले विद्यालय रंगराेगन तथा सरसफाइ समेत गरेकाे प्रतिभा बाल क्लबका अध्यक्ष विपासा सिउथानीले जानकारी दिनुभयाे । कार्यक्रमकाे स‌ंचालन शिक्षक चेत बहादुर जिटीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP