Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
नेराशिसं पोखरा महानगरको दसैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान – Sarangi News

जुना थापा
पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिद्वारा आयोजित विजया दशमी, शुभदीपावली, छठ , नेपालसम्वत् लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले उपस्थित शिक्षकहरुलाई शुभकामना दिँदै अब विकासको आधार भौतिक विकास मात्र नभई मानसिक र बौद्धिक विकास पनि हुनुपर्ने बताए । हरेक मानिस आफ्नो पेसामा मस्त, व्यस्त र शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएमा जीवन सफल हुने भन्दै वडादसैंको शुभकामना दिए ।

अतिथि नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारीले शिक्षक महासंघले शिक्षकका हकहितका लागि केन्द्रीय तहबाट गरेका कार्यहरुका बारेमा जानकारी दिँदै दसैंको शुभकामना दिइन् ।

त्यस्तै नेकपा एमाले पोखरा महानगर समितिका अध्यक्ष दिलीप न्यौपानेले उपस्थित शिक्षकहरुलाई वडादसैंलगायतका पर्वहरुको शुभकामना दिँदै अब आउने चुनावमा नेकपा एमालेलाई लोकप्रिय बनाउन शिक्षकहरुले भूमिका खेल्नुपर्ने बताए । उनले नेकपा एमाले घेराबन्दीमा परेको भए पनि कार्यकर्ताहरु सकरात्मक ऊर्जाका साथ लाग्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले अबको लडाई अरुसँग मात्र नभएर आफूमा भएका रिस, लोभ, वासनालगायतका नकरात्मक कुराहरु माथि विजयी हुनु पनि सफल हुनु हो भन्दै अरुलाई हराउन अघि आफूलाई जित्न शुभकामना दिए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल, पेसागत महासंघ कास्कीका सहसचिव जीवन सुवेदी, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका सचिव बाबुराम भुजेलले शुभकामना मन्तव्य राखेका थिए ।
नेराशिसं पोखरा महानगर कमिटीका अध्यक्ष विष्णुहरि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा
स्वागत मन्तव्य महानगर उपाध्यक्ष देवी केसी र संचालन सचिव याम नारायण लामिछानेले गरेका थिए ।

कार्यक्रममा नेराशिसं जिल्ला समितिका पदाधिकारी, कास्कीका गाउँपालिकाका पदाधिकारीलगायतका शिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP