चिल्ड्रेन नेपालको कचहरी तालिम सकियो – Sarangi News
पोखरा । चिल्ड्रेन नेपालको आयोजनामा संस्थाको दीगो जिवनस्तर बिकास क्रियाकलापहरुमा महिला र सीमान्तकृत समुहको सहभागिता अभिबृद्दी परियोजना अन्तरगत संस्थाको कार्य क्षेत्र रहेका अन्नपूर्ण गाउँपालिका कास्कीका लेवाडे /फल्लापानी समुदाय र तनहुँको म्याग्दे गाउँपालिका गुन्जरा समुदायका अगुवा कृषकहरुको निम्ति  कचहरी नाटक संस्थाको अन्नपूर्ण १ लेवाडेमा सप्पन्न भएको छ।
संस्थाको फुलबारी स्रोत केन्द्र अन्नपूर्ण १ लेवाडेमा पाँच दिन सम्म संचालित उक्त नाटकको उदेश्य समुदायमा रहेका बिपन्न सीमान्तकृतहरुको समुहहरुले भोगेका समस्याहरुको सहभागितामुलक समाधानका प्रयासहरु प्रबर्द्धन गर्ने,समुदायमा भएका विभिन्न खालका द्वन्द्व ब्यबस्थापन तथा दबिएका बर्गहरुको सशक्तीकरण  र समुदायमा दीगो कृषिको प्रबर्द्धनमा योगदान गर्ने रहेको वरिष्ठ कार्यक्रम अधिकृत शिव शर्मा चापागाईंले बताउनु भयो । परियोजनाले समुदायमा कृषकहरुको निम्ति दीगो अर्गानिक कृषि ,बाताबरण संरक्षण ,जलबायु परिबर्तन न्यूनीकरण एबम समुदायमा पछाडि पारिएका बर्गहरुको सशक्तीकरण,द्वन्द ब्यबस्थापन र सामाजिक रुपान्तरण एबम दीगो आय आर्जन र समृद्धिलाई दीगो बनाउन र समुदायका कृषकहरुलाइ सशक्तीकरण गराउदै समुदायमा अर्गानिक कृषिको प्रबर्द्धन गर्ने र दीगो अर्गानिक  कृषिमा योगदान गर्ने  कुरा वरिष्ठ कार्यक्रम अधिकृत तथा परियोजना सयोजक शिव शर्मा चापागाईंले बताउनु भयो । तिन वटै समुदायका र चिल्ड्रेन नेपालका कर्मचारी समेत गरि १७ जनाको सहभागीता रहेको थियो । समुदायमा घट्ने समस्यालाई बिषय बनाइ समुहमा अभिनय गरिएको थियो । चार  वटा समूहले फरकफरक बिषय उठाइ नाटक तयारी र अभिनय गरेका थिए । नाटक तयारी गरि अभ्यासको लागि समुदायमा प्रदर्शन समेत गरिएको थियो ।उक्त पाँच दिनको तालिम कार्यशालालाई कचहरी नाटकका बिज्ञ  राजकुमार पुडासैनी र नाट्य कर्मी परिबर्तन क्षेत्रीले सहजीकरणमा सहयोग  गर्नु भएको थियो । कार्यक्रमको समापन  संस्थाका महासचिव जयन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो । उहाँले समुदायमा अर्गानिक कृषिलाई प्रबर्द्धन गर्न यो नाटक एक सहयोगी बन्ने र संस्थाले यस्ता गतिविधिलाई आबश्यकता अनुसार निरन्तर गर्ने कुरा बताउनु भएको थियो । संस्थाका कार्यकारी निर्देशक डिल्ली प्रसाद शर्माले  पाँच दिन सम्म अभ्यास र अभिनय गरेको नाटकका तौरतरिकालाई फर्केर समुदायमा प्रयोगमा ल्याइ समुन्नत समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने कुरामा जोड दिनु भएको थियो । कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य टेक बहादुर रसाइलीले तालिममा सिकेका कुरा प्रत्यक्ष देखिने गरि कार्यनयनमा ल्याउन सकेमा फलदायी रहने कुरा बताउनु भएको थियो । कार्यक्रमको संचालन सह सयोजक दुमनाथ शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP