Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
कवि विष्णुहरि घिमिरेको कविता सँगालो विमोचन – Sarangi News

भोर्लेटार, लमजुङ ।

लमजुङका पुराना र स्थापित स्रष्टा विष्णुहरि घिमिरेको ‘ऐतिहासिक सम्झना’ नामक कविता सँगालोको हालै विमोचन भएको छ । नेपाली काङ्ग्रेस मध्यनेपाल नगरपालिका वडा नं. ७ करापुटार, लमजुङद्वारा आयोजित ६२ औँ परम्परागत प्रजातान्त्रिक साहित्य सम्मेलनमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति लमजुङका उप-सभापति, साहित्यकार एवम् कार्यक्रमका प्रमुख अतिथि आनन्द घिमिरेले उक्त सङ्ग्रहको विमोचन गर्नुभएको हो । नेपाली काङ्ग्रेस मध्यनेपाल नगरपालिका वडा नं. ७ ईशानेश्वर वडा कार्य समितिका सभापति गुणराज घिमिरेको अध्यक्षतामा उक्त कार्यक्रम प्रतियोगितात्मक कवि सम्मेलनका साथमा महानवमीका दिन (२०७९/०६/१८) मा सम्पन्न भएको हो । उक्त साहित्य सम्मेलनमा साहित्यसेवी कवि विष्णुहरि घिमिरेलाई दोसल्ला ओढाई सम्मान र अभिनन्दन समेत गरिएको थियो ।

 

कवि विष्णुहरि घिमिरेको उक्त ‘ऐतिहासिक सम्झना’ नामक कविता सँगालोमा लेखकले आफ्ना जीवनकालमा करापुटार क्षेत्र तथा देशको राजनीतिक क्षेत्रमा आफूले प्राप्त गरेका अनुभव, उपलब्धि तथा विभिन्न परिवेशहरूलाई यथार्थ रूपमा प्रस्तुत गर्नुभएको छ । सङ्ग्रहमा लामा-छोटा गरी जम्मा ६२ वटा कविताहरू सङ्गृहीत छन् भने करापुटार क्षेत्रको राजनीतिक, धार्मिक, सामाजिक र साहित्यिक विषयवस्तुलाई पनि समेटिएको छ । कविले आफ्ना जीवनकालमा प्राप्त गरेका सम्झना र प्रमाणपत्रहरूसमेत सङ्ग्रहमा अटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP