कवि विष्णुहरि घिमिरेको कविता सँगालो विमोचन – Sarangi News

भोर्लेटार, लमजुङ ।

लमजुङका पुराना र स्थापित स्रष्टा विष्णुहरि घिमिरेको ‘ऐतिहासिक सम्झना’ नामक कविता सँगालोको हालै विमोचन भएको छ । नेपाली काङ्ग्रेस मध्यनेपाल नगरपालिका वडा नं. ७ करापुटार, लमजुङद्वारा आयोजित ६२ औँ परम्परागत प्रजातान्त्रिक साहित्य सम्मेलनमा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति लमजुङका उप-सभापति, साहित्यकार एवम् कार्यक्रमका प्रमुख अतिथि आनन्द घिमिरेले उक्त सङ्ग्रहको विमोचन गर्नुभएको हो । नेपाली काङ्ग्रेस मध्यनेपाल नगरपालिका वडा नं. ७ ईशानेश्वर वडा कार्य समितिका सभापति गुणराज घिमिरेको अध्यक्षतामा उक्त कार्यक्रम प्रतियोगितात्मक कवि सम्मेलनका साथमा महानवमीका दिन (२०७९/०६/१८) मा सम्पन्न भएको हो । उक्त साहित्य सम्मेलनमा साहित्यसेवी कवि विष्णुहरि घिमिरेलाई दोसल्ला ओढाई सम्मान र अभिनन्दन समेत गरिएको थियो ।

 

कवि विष्णुहरि घिमिरेको उक्त ‘ऐतिहासिक सम्झना’ नामक कविता सँगालोमा लेखकले आफ्ना जीवनकालमा करापुटार क्षेत्र तथा देशको राजनीतिक क्षेत्रमा आफूले प्राप्त गरेका अनुभव, उपलब्धि तथा विभिन्न परिवेशहरूलाई यथार्थ रूपमा प्रस्तुत गर्नुभएको छ । सङ्ग्रहमा लामा-छोटा गरी जम्मा ६२ वटा कविताहरू सङ्गृहीत छन् भने करापुटार क्षेत्रको राजनीतिक, धार्मिक, सामाजिक र साहित्यिक विषयवस्तुलाई पनि समेटिएको छ । कविले आफ्ना जीवनकालमा प्राप्त गरेका सम्झना र प्रमाणपत्रहरूसमेत सङ्ग्रहमा अटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP