Trend
भलिबल प्रतियोगिताबाट बचत रकम आर्वाविजयसहित ३ विद्यालयलाई  ||   साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो।  ||   पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन  ||   इशानेश्वर महादेव मन्दिरमा साउन महिनाको अन्तिम सोमबारमा भक्तनजहरुको घुईचो(फोटो फिचर)  ||   लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||  
बुधबार , साउन २९, २०८२
बहादुरे माविद्वारा अष्ट्रेलियन नागरिक डा.स्यालीलाई सम्मान – Sarangi News

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ स्थित बहादुरे माविले विद्यालयको चन्दादाता अष्ट्रेलियन नागरिक डा.स्याली नोम्सलाई सम्मान गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रमका बिच वीन विल्डरनेस कम्युनिटी अष्ट्रेलियाका प्रमुख डा नोम्सलाई विद्यालयको शैक्षिक तथा भौतिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको हो । त्यस्तै कुसुदेबु जनस्वास्थ्य केन्द्रका अध्यक्ष अाङछिरिङ शेर्पालाई पनि उक्त अवसरमा सम्मान गरेको छ ।

डा. नोम्स अध्यक्ष रहेको अष्ट्रेलियन संस्था वीन विल्डरनेस कम्युनिटीले विद्यालयमा आर्थिक सहयोग, बहादुरे विद्यालय क्लिनिक, विभिन्न छात्रवृत्ति लगायतका क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । संस्थाले विगत केही महिनादेखि सञ्चालन गरेको विद्यालय क्लिनिकमा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानियलाई निःशूल्क स्वास्थ्य सम्बन्धी उपचार दिनका लागि एक जना हेल्थ असिस्टेन्ट सहितको सेवा शुरु गरेको छ ।

यस्तै संस्थाले कक्षा ११ मा उत्कृष्ठ अंक ल्याउने अनिता विकलाई छात्रवृत्ति वितरण गर्नुका साथै ताम्रपत्रद्वारा सम्मान गर्नुका साथै गरिव तथा जेहेन्दार १२ जनालाई आवासिय सहितको पठनपाठनमा सहयोग पुर्याउँदै आएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा बोल्दै डा. स्याली नोम्सले विद्यालयसँग आफू जोडिन पाउँदा खुसी लागेको बताइन् । उनले विद्यालयको शैक्षिक तथा भौतिक विकासको क्षेत्रमा आफु र आफ्नो संस्थाले सानो सहयोग मात्रै गरेको भन्दै यसलाई पछिसम्म पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइन्दल गुरुङले डा. नोम्सले आफ्नो विद्यालयमा पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरे । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष समेत रहेका गुरुङले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पालिकासँगै अन्य सहयोगि संस्थाहरुसँग सहकार्य गरेर आगामी दिनमा अगाडी बढ्ने बताए ।

विद्यालयका प्रध्यानाध्यापक राम प्रसाद पौडेलले विद्यालयको शैक्षिक विवरण पेश गरेका थिए । यस्तै कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ताइकाजी गुरुङ, अनिल कुमार गुरुङ, शिक्षक अभिभावक समितिका अध्यक्ष मान बहादुर केसी, पूर्व विद्यार्थी सोफिया गुरुङ, पूर्व शिक्षक आश बहादुर गुरुङ लगायतले बोलेका थिए ।

सोही क्रममा आफ्ना स्वर्गिय बुबाआमाको स्मृतिमा रुद्र पौडेल , शान्ति पौडेलले ५० हजार रुपैयाँ बराबरको खेमलाल,नन्दकली अक्ष्यकोष स्थापना गरेको विद्यालयका सहायक प्रधानाध्यापक सिद्धीराज सुबेदीले जानकारी दिए ।

कार्यक्रममा डा. नोम्ससहितको टोलीलाई पञ्चेबाजा र सांस्कृतिक कार्यक्रमसहित विद्यालयमा स्वागत गरिएको थियो ।

कक्षा १२ सम्म अध्यापन हुँदै आएको विद्यालयमा १५० जना विद्यार्थी अध्यनरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP