द्वारिका नेपाल गजल स्मृति पुरस्कारबाट मुक्त उदास सम्मानित – Sarangi News

भरतपुर । युवा गजलकार मुक्त उदास सम्मानित भएका छन् । गजल मञ्च चितवनले `द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०७९´ बाट युवा गजलकार उदासलाई सम्मान गरेको हो । पुरस्कारको राशी १०,०००/- रुपैयाँ र सम्मानपत्र रहेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार केशवराज आमोदीले गजलकार उदासलाई दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा स्व. द्वारिका नेपालकी धर्मपत्नी पार्वती अर्याल पनि सहभागी थिइन् ।

गजल मञ्च चितवनका तत्कालीन अध्यक्ष द्वारिका नेपालको गत वर्षको असोज महिनामा मस्तिष्कघातका कारण निधन भएको थियो । नेपालको प्रथम वार्षिकीको अवसर पारेर यो पुरस्कार स्थापना गरि प्रदान गरिएको गजल मञ्च चितवनका कार्यबाहक अध्यक्ष लेखराम सापकोटाले बताए । पुरस्कारको संरक्षकका रूपमा डिला खरेल रहेका छन् । भरतपुर घर भएका खरेल अस्ट्रेलियामा बसोबास गर्छन् ।

चितवनको कालिका नगरपालिका -९ शक्तिखोर निवासी उदास डेढ दशकदेखि गजल लेखनमा सक्रिय छन् । उनले थुप्रै गीतहरू पनि लेखेका छन् । पिंजडा ब्याक अगेन, मेला र झिंगेदाउ जस्ता चलचित्रका लागि पनि उनले गीत लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP