Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
गजल मञ्च, चितवनको अध्यक्षमा लेखराम – Sarangi News

भरतपुर । गजल मञ्च, चितवनको अध्यक्षमा लेखराम सापकोटा निर्वाचित भएका छन् । मञ्चको शनिबार भरतपुरमा सम्पन्न आठौँ अधिवेशनबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

निर्वाचित पदाधिकारीहरूमा रामकृष्ण अनायास उपाध्यक्ष, सरगम पारु सचिव, लक्ष्मी घिमिरे कोषाध्यक्ष र प्रमिला सानु सहसचिव छन् । त्यसैगरी सदस्यहरूमा सिम्रन क्षेत्री, सुमन मुस्कान, कृष्णप्रसाद सिम्खडा, सरस्वती पौडेल र अविरल यात्री रहेका छन् ।

मञ्चको नेतृत्व लिएका सापकोटा अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए । अध्यक्ष रहेका द्वारिका नेपालको हृदयाघातका कारण निधन भएपछि सापकोटा कार्यबाहक अध्यक्ष रहेका थिए । पचासको दशकबाट साहित्य सिर्जनामा सक्रिय सापकोटा गजलसहित कविता, मुक्तकजस्ता बिधामा कलम चलाउँछन् । सहलेखनका रूपमा `गजलपथका यात्रीहरू´, र `गजल बिम्ब´ सङ्ग्रह प्रकाशन गरेका सापकोटाले २०६१ सालमा `श्रद्धाका फूलहरू´ गजलसङ्ग्रह प्रकाशन गरेका छन् । पुस्तक पठन संस्कृतिका अभियन्ताकारूपमा परिचीत सापकोटा अखबारी लेखनमा पनि सक्रिय छन् ।

निर्वाचन समितिका संयोजक एवम् गजल मञ्च चितवनका पूर्वअध्यक्ष किसान प्रेमीले निर्वाचित पदाधिकारीलाई सपथ गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP