गजल मञ्च, चितवनको अध्यक्षमा लेखराम – Sarangi News

भरतपुर । गजल मञ्च, चितवनको अध्यक्षमा लेखराम सापकोटा निर्वाचित भएका छन् । मञ्चको शनिबार भरतपुरमा सम्पन्न आठौँ अधिवेशनबाट सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।

निर्वाचित पदाधिकारीहरूमा रामकृष्ण अनायास उपाध्यक्ष, सरगम पारु सचिव, लक्ष्मी घिमिरे कोषाध्यक्ष र प्रमिला सानु सहसचिव छन् । त्यसैगरी सदस्यहरूमा सिम्रन क्षेत्री, सुमन मुस्कान, कृष्णप्रसाद सिम्खडा, सरस्वती पौडेल र अविरल यात्री रहेका छन् ।

मञ्चको नेतृत्व लिएका सापकोटा अघिल्लो कार्यकालमा उपाध्यक्ष थिए । अध्यक्ष रहेका द्वारिका नेपालको हृदयाघातका कारण निधन भएपछि सापकोटा कार्यबाहक अध्यक्ष रहेका थिए । पचासको दशकबाट साहित्य सिर्जनामा सक्रिय सापकोटा गजलसहित कविता, मुक्तकजस्ता बिधामा कलम चलाउँछन् । सहलेखनका रूपमा `गजलपथका यात्रीहरू´, र `गजल बिम्ब´ सङ्ग्रह प्रकाशन गरेका सापकोटाले २०६१ सालमा `श्रद्धाका फूलहरू´ गजलसङ्ग्रह प्रकाशन गरेका छन् । पुस्तक पठन संस्कृतिका अभियन्ताकारूपमा परिचीत सापकोटा अखबारी लेखनमा पनि सक्रिय छन् ।

निर्वाचन समितिका संयोजक एवम् गजल मञ्च चितवनका पूर्वअध्यक्ष किसान प्रेमीले निर्वाचित पदाधिकारीलाई सपथ गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

तान्द्राङ्ग टक्सारमा प्रथम जल्पादेवी मिनि म्याराथन हुदै।

भूमे आविमा सम्मान तथा न्यानो कपडा वितरण

कास्की आइडलमा टपटेन छनोट

पाख्रिन र तिम्सिनाको स्मृतिमा २७८ औँ साहित्य शृङ्खला

सोसल पब्लिक स्कुलमा उद्घोषण तथा भाषणकला तालिम


TOP