हाप्किडोलाई राष्ट्रिय खेलमा सहभागी नगराउनु दुखद् : पर्यटनमन्त्री शर्मा – Sarangi News

जुना थापा, पोखरा । गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले पोखरा रङ्गशालामा भइरहेको नवौँ राष्ट्रिय खेलकुदमा मार्सल आर्ट्स्अन्तर्गतको हाप्किडोलाई प्रदर्शन तथा प्रतियोगितामा स्थान नदिइनु दुखद भएको बताएका छन् ।

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको नेपाल हाप्किडो संघको हाप्किडो खेल प्रदर्शनी, राष्ट्रिय प्रशिक्षक लिडरसिप तथा रेफ्री सेमिनार कार्यक्रममा बोल्दै मन्त्री शर्माले हाप्किडोलाई राज्यले अन्य खेल सरह हेर्न नसक्नु दुखपूर्ण भएको बताउँदै यस्तो कार्य खेलकुदका लागि असल अभ्यास नभएको बताए । खेलकुदका गतिविधिले पनि नेपालको पर्यटनमा टेवा पुर्याएको भन्दै मार्सल आर्टअन्तर्गतको हाप्किडो खेललाई राज्यले राष्ट्रिय खेलका रुपमा नचिनेकोमा दुख व्यक्त गर्दै शर्माले अब आउने दिनमा मार्सल आर्टस्अन्र्तगतका हाप्किडोलाई गण्डकी प्रदेश सरकारले ध्यान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

गण्डकी प्रदेश हाप्किडो संघको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका पर्यटनमन्त्री माननीय मणिभद्र शर्माले खेलकुदका गतिविधिले पनि नेपालको पर्यटनमा टेवा पुर्याएको भन्दै मार्सल आर्टअन्तर्गतको हाप्किडो खेललाई राज्यले राष्ट्रिय खेलका रुपमा नचिनेकोमा दुख व्यक्त गरे । शर्माले पोखरा रंगशालामा भइरहेको नवौँ राष्ट्रिय खेलकुदमा हाप्किडोलाई प्रदर्शन तथा प्रतियोगितामा पनि स्थान नदिएकोमा यो कार्य खेलकुदको असल अभ्यास नभएको बताउँदै अब आउने दिनमा मार्सल आर्टस्अन्र्तगतका हाप्किडोलाई गण्डकी प्रदेश सरकारले ध्यान पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल हाप्किडो एसोसियनका संस्थापक तथा सिनियर ग्राण्ड मास्टर ही क्वाल लीले हिजो आफूले हाप्किडोको स्थापना गर्दा धेरै सङ्घर्ष गरेको बताउँदै अहिले यस खेल नेपालमा पनि विस्तारित भएकोमा खुसी व्यक्त गरे । उनले राज्यले सहयोग गरेपनि नगरेपनि खेलाडीको काम खेल्ने भएको बताउँदै लीले भविष्यप्रति आसावादी भएर खेल्नुपर्ने बताए । खेलाडीहरुको हाप्किडो प्रदर्शनी उत्कृष्ट भएको बताउँदे लीले हाप्किडोको उज्ज्वल भविष्य रहेको बताए ।

त्यस्तै साउथ एसियन हाप्किडो संघको अध्यक्ष, नेपाल हाप्किडो संघका संस्थापक तथा केन्द्रिय अध्यक्ष कालीबहादुर घर्तीमगरले राष्ट्रिय खेलकुदमा राज्यले हाप्किडोलाई प्रतियोगिताका रुपमा सहभागी नगरेमा दुख लागेको बताए । मगरले हाल नेपालभर हाप्किडो खेल निःशुल्क रुपमा खेलाइरहेको बताउँदै हाप्किडो खेलबाट उत्पादित खेलाडीको भविष्यका बारेमा राज्यले सोच्नुपर्ने बेला आएको बताए ।

हाप्किडो संघ गण्डकी प्रदेशका अध्यक्ष खेमबहादुर गुरुङले राज्यले हाप्किडोलाई उपेक्षित गरेता पनि हाप्किडोले देशभर निशुल्क खेल खेलाउन सफल भएको र अहिलेसम्म हाप्किडोको सातौँ सेमिनार गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए ।

कार्यक्रममा हाप्किडो संघ इण्डियाका अध्यक्ष आनन्देश्वर पाण्डे, हाप्किडो संघ इण्डियाका कोषाध्यक्ष अमनदेव यादव, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेल, गण्डकी प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिव तथा नेपाल ओलम्पिकका केन्द्रिय उपाध्यक्ष तेजबहादुर गुरुङ,  गण्डकी प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य तथा नेपाल हाप्किडो संघका केन्दीय सदस्य तारामाया थापा मगरलगायतले बोलेका थिए ।

अमरसिंह चोकबाट पञ्चेबाजा र झाँकीसहितको र्याली बुद्धचोकको कान्तिपुर पार्टी प्यालेसमा आयोजित कार्यक्रम हाप्किडो संघ गण्डकी प्रदेशका अध्यक्ष खेमबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जुना थापाले गरेकी थिइन् ।

गण्डकी प्रदेशका ३०० खेलाडीको उपस्थित भएको कार्यक्रममा हाप्किडो खेलको डेमो प्रदर्शनी, हाइफल तथा लङफल, दिनेश गुरुङ र समीर गुरुङको फाइटलगायतको खेल र बालकल्याण संस्था सेंदीका नानीको नृत्य प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा प्रतिभा आमा समूह, सृजना आमा समूह, लालीगुराँस आमा समूह, वडा नम्बर १०, बुद्धचोक आमा समूह, शैलुङमार्ग टोल विकास संस्था, टप्स स्कुल, एसओएस हर्मन माइनर स्कुल, प्यारामाउन्ट स्कुल र बेथानी स्कुलका विद्यालय तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । त्यस्तै कार्यक्रममा कर्माचार्य ग्रुपले पनि कार्यक्रममा सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP