Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
नेपाल राष्ट्रिय शिक्षक सङ‍्गठन मादी गापाको शुभकामना आदानप्रदान सम्पन्न – Sarangi News

जुना थापा, पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकाले नेपालीहरुको महान पर्व तिहार तथा छट पर्वको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन मादी गाउँपालिकाका अध्यक्ष   चन्द्रमणि अधिकारीले तिहार तथा छट पर्वको शुभकामना दिँदै नेराशिसंको स्थापना शिक्षकको हकहित र अधिकारका लागि मात्र स्थापना नभएको, गुणस्तरीय शिक्षा र शैक्षिक सुशासनका लागि पनि भएको भन्दै आफ्नो कर्मथलोमा क्रियाशीलता पूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल शिक्षक महासँघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारी,पेसागत महासंघ कास्कीका अध्यक्ष जगन्नाथ अधिकारी, महाधिवेशन प्रतिनिधि विष्णुप्रसाद पौडेल ,नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गरुङ, नेराशिसं कास्कीका सचिव तीर्थराज ढकाल, नेराशिसंघ मादी गापाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पोखरा महानगर वडा नम्बर १३ पाटनबेंसी दुधपोखरी चोकमा भएको कार्यक्रमको अध्यक्षता नेराशिसं मादी गापाका अध्यक्ष चन्द्रमणि अधिकारीले गरेका थिए भने सञ्चालन सचिव नारायण सापकोटाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP