Trend
श्रावण महिनाको अन्तिम सोमबार शिवरात्रीको छनक ईशानेश्वर महादेव मन्दिरमा।  ||   लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||  
मंगलबार , साउन २६, २०८३
खतिवडाको समालोचनात्मक कृति परिचर्चा लोकार्पण – Sarangi News

चितवन । रमेश खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक ‘परिचर्चा’ शनिबार इच्छाकामना– ३, चुम्लिङटारमा लोकार्पण गरिएको छ । १० ओटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएको समालोचनात्मक पुस्तकमा विविध विधाका १२ ओटा समालोचनात्मक लेखहरू समेटिएका छन् ।

पुस्तकको विमोचन कवि कृष्णप्रसाद पोखरेल, गोविन्दप्रसाद पौडेल, एकराज शर्मा, अनिल श्रेष्ठले गर्नुभयो । गोविन्दप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कवि कृष्णप्रसाद पोखरेलले युवा समालोचक रमेश खतिवडा सानै उमेरमा नेपाली साहित्यका विविध विधामा कलम चलाउने व्यक्तित्व रहेको टिप्पणी गर्नुभयो ।

परिचर्चा समीक्षासङ्ग्रहमाथि टिप्पणी गर्दै समालोचक तेजविलास अधिकारीले समालोचनात्मक पुस्तकले युवा कवि एवम् कथाकार रञ्जन घिमिरेदेखि स्थापित छन्द कवि कृष्णप्रसाद पोखरेलको कृतित्व र व्यक्तित्त्वलाई समेत उजिल्याउँदै स्रष्टाहरूका सृजनात्मक चेतलाई मसिनो ढङ्गले केलाएर  कृतिपठनबाट नयाँ ढङ्गको बहस विवेचनाको थालनी गर्नुभएको बताउनुभयो । कार्यक्रममा बालकविहरू आयाम अधिकारी, प्राप्ति पोखरेलले बालकविता प्रस्तुत गर्नुभयो भने नारायण पौडेल, रामनाथ त्रिपाठी, श्रीरेन्द्रप्रकाश पोखरेल आदि स्रष्टाहरूले कविता वाचन गर्नुभयो । नारायण पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा समालोचक रमेश खतिवडाले आफ्नो समालोचना यात्राका बारेमा विचार राख्नुभयो । कार्यक्रममा लेखकलाई माधवप्रसाद खनाल, एकराज शर्मा, श्रीरेन्द्रप्रकाश पोखरेल, अनिल श्रेष्ठ, विष्णुप्रसाद सापकोटा, शिव पौडेल, नारायण भट्टराई, रामप्रसाद पौडेल, हिमलाल अधिकारी, रामकृष्ण पौडेल, सङ्गीता पोखरेल आदिले शुभकामना व्यक्त गर्नुभयो । धादिङ, तनहुँ, चितवन र गोरखाका तीन दर्जन स्रष्टा र साहित्यानुरागीहरूको उपस्थिति रहेको सो कार्यक्रममा ईश्वरविलास अधिकारीले स्वागत मन्तव्य र वैकुण्ठप्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP