Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
शनिबार , भाद्र २७, २०८३
फूलबारी शान्तिपथ टोलविकास संस्थाको अध्यक्षमा दयासागर, सचिवमा अनुराग – Sarangi News

पोखरा । फूलबारी शान्तिपथ टोल विकास संस्था, पोखरा– १२ को आठौं अधिवेशन तथा १६ औं साधारण सभाबाट दयासागर लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।
संस्थाको उपाध्यक्षमा पदम भण्डारी, सचिवमा अनुराग अधिकारी, सहसचिवमा प्रेमप्रसाद श्रेष्ठ र कोषाध्यक्ष बुद्धिप्रसाद सुवेदी चयन भएका छन् । यस्तै सदस्यहरूमा पदमप्रसाद गौतम, रविन्द्रराज पौडेल, श्रीप्रसाद कोइराला, पदम रेग्मी, मनु नेपाली, देवी शाही ठकुरी, डिलमाया गुरुङ, मनिराज श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले वडासँग बजेटको कमी नभएकाले राम्रा कार्यक्रम ल्याएमा टोललाई सहयोग गर्ने बताए । उनले वडाले वृद्धवृद्धाहरूको सामान्य स्वास्थ्य उपचार घरघरमा नै गएर तथा महिलाहरूलाई क्षमता अभिवृद्धिका कार्यक्रम अगाडि बढाउने बताए । उनले २ छोरी मात्र जन्माएर परिवार नियोजन गर्ने दम्पतिलाई रु ५० हजार प्रदान गर्ने वडाको योजना रहेको जानकारी दिए ।
पोखरा १२ का निवर्तमान वडा अध्यक्ष रामबहादुर कार्कीले आफ्नो कार्यकालमा शान्तिपथ टोलको विकासमा विशेष योगदान गरेको स्मरण गरे । पूर्व एस. पी. नरेशबहादुर कार्कीले चापापानी खानेपानी उपभोक्ता समितिको सम्पूर्ण रकम शान्तिपथ टोलविकास संस्थाको कोषमा जम्मा गरिदिने बताए । नव निर्वाचित अध्यक्ष दयासागर लामिछानेले सबैको साथ सहयोग लिएर अगाडि बढ्ने कुरामा जोड दिए ।
संस्थाका अध्यक्ष पुण्यप्रसाद लामिछानेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उहाँले संस्था स्थापना भएदेखि विभिन्न उतारचढाव भोग्दै संस्थालाई यहाँसम्म ल्याइपु¥याएको बताए । कार्यक्रममा संस्थामा विशेष योगदान दिने २४ जनालाई सम्मान गरिएको थियो । टोल सदस्य एवम् बाटो निर्माण समितिका संयोजक पदम भण्डारीले स्वागत मन्तव्य राखेका कार्यक्रममा कोषाध्यक्ष हितमान गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन अनुराग अधिकारीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP