Trend
अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न  ||   पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग (अवधारणापत्र)  ||   भिमादमा शिक्षकका लागि सूचना तथा सञ्चार प्रविधिसम्बन्धी तालिम  ||   ​विपद् व्यवस्थापन तथा प्राथमिक उपचार सम्बन्धी ५ दिने तालीम बेनीमा सम्पन्न  ||   शिक्षकहरूका लागि विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम बेनीमा सुरु  ||   नेपाल रेडक्र सोसाइटी, कास्कीद्वारा प्राथमिक उपचार तालिम  ||   मनोजको ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ बजारमा  ||   समाजसेवी भण्डारीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा दुई लाखको अक्षयकोष स्थापना  ||  
बिहिबार , असार ४, २०८३
मगरदाङ्ग आमा समूह सामाजिक कार्यमा अग्रसर – Sarangi News

म्याग्दी । ग्रामीण क्षेत्रका महिला आमा समूहमार्फत मौलिक संस्कृति स‌ंरक्षण  तथा विकृति न्यूनीकरणमा अग्रसर भएका छन् । जुवातास, मदिरा, घरेलु हिंसा न्यूनीकरणका लागि आमा समूहमा संगठित भएका छन् ।

मालिका गाउँपालिका–५ देविस्थान मगरदाङ्गका आमाहरु मगरदाङ्ग आमा समूहमार्फत महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ समाजमा भएका विकृति विसंगतिलाई हटाउदै सभ्य समाज निर्माणमा जुटेका हुन्।

सामाजिक समस्याको रूपमा देखिएको बालविवाह, घरेलु हिंसा, जुवातास, मदिरा नियन्त्रण र संस्कृति संरक्षणमा आमा समूहले काम गर्ने मगरदाङ्ग आमा समूहका अध्यक्ष राजमति बुढाले जानकारी दिनुभयाे । समाजलाई स्वच्छ र समृद्ध बनाउन महिलाहरु आत्मनिर्भर हुनुपर्ने भन्दै बुढाले  महिलाहरूलाई घरधन्दा र चुलोचौकामा मात्र सीमित नराखी सामाजिक र आर्थिक कार्यमा समेत उनीहरूको पहुँच बिस्तार गर्दै रैथाने कला संस्कृतिको संरक्षण र सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनमा आमा समूहले काम  गर्ने बताउनु भयाे ।

नव गठित समुहले नेपाली मौलीक संस्कृतिको रुपमा रहेको देउसी–भैलो कार्यक्रम विस्तारै लोप हुदै गईरहेको अवस्थामा आमा समूहले मौलिक संस्कृतिको संरक्षण गर्ने अभियान अन्तर्गत देउसी-भैलो कार्यक्रम गरिएको समुहकी सचिव  सुनिता पाइजाले बताउनु भएको छ । समूहमा आवद्ध १५ जना आमाहरु मध्यरात सम्म देउसी–भैलो गाँउदै र भट्याउदै हिड्दा एक लाख उनसाठी हजार दुई सय पच्चिस रुपैयाँ नगद स‌ंकलन गरेका छन् ।

स‌ंकलित रकमबाट गाउँटाेलमा हरेक शनिबार सरसफाई गर्ने, सामाजिक कार्यमा अग्रसता र जुवातास, मदिरा, घरेलु हिंसा न्यूनीकरणका लागि सचेतनात्मक कार्यक्रम संचालन गरिने सचिव सुनिता पाइजा पुनले जानकारी दिनुभयाे । प्रवासबाट गाउँमा आएका लाहुरेलाई स्वागत, विवाह, छेवार, व्रतबन्धको अवसरमा नाचगान गरेर जुटाएको नगद समेत  परिचालन गरेर  समाजमा भएका विकृति विसंगतिलाई हटाउदै सभ्य समाज निर्माणमा सहयाेग गरिने सचिव पुनकाे भनाई छ ।

समुहले समाजमा हुने अनैतिक कामको विरुद्द आवाज उठाउने र कारवाही पनि गर्ने छ । साथसाथै समूहको सदस्य हरूमा आर्थिक समस्या हुदाँ  वा गारोसार्हो पर्दा आपसी नियम बनाई आर्थिक कारोबार समेत गरिने मगरदाङ्ग आमा समूहले जनाएकाे छ । समुहमा १५ जना आमाहरुकाे आवद्ध रहेका छन् । समुहकाे अध्यक्षमा राजमति पुन बुढाथाेकी, उपाध्यक्ष दिलमाया फवाङ्गी, सचिव सुनिता पाइजा पुन काेषाध्यक्ष जुना घर्ती र सह सचिव तुलसरा हर्मेल बिक रहेका छन् । समुहकाे सदस्यहरुमा देवि बुढा ,सुनिता घर्ती, इन्द्रमती फगामी, दलिमा फगामी, खिरमाया बुढा, राेशना फगामी, पदिमा राना, हाेमकुमारी बुढा, पाेकमाया बुढा राना र मायादेवी राना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP