Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
बलेवा सेवा समाज जापानद्वारा सहयोग हस्तान्तरण – Sarangi News

पुर्ण परियार । बलेवा सेवा समाज जापानले बागलुङ नगरपालिका वार्ड १२ का चन्द्र बहादुर परियार (इन्द्र)लाई उपचार्थ नगद सहयाेग प्रदान गरेको छ ।

बलेवा क्षेत्रबाट जापान पुगी जापानलाई कर्म थलो बनाएका बलेवालीहरुको साझा संस्था  बलेवा सेवा समाज जापानले परियारकाे घरमै पुगरे  कार्तिक १८ गते शुक्रवारका दिन नगद रु. ४१ हजार ५ सय रुपैयाँ सहयाेग गरेकाे हाे ।

परियार बिगत २ बर्ष अघि झापो काट्ने क्रममा बांसको रुखबाट खसे पछि विभिन्न ब्यक्तिहरुको सहयोग तथा चन्दा संकलन गरि उपाचार गर्दा पनि कम्मरभन्दा तलको भाग नचल्ने गरि अपांगता हुनुभएकाे थियाे । घरमै आराम गरिरहेका परियार भदौ २९ गते दिशा पिसाब रोकिए पछि गण्डकी अस्पताल पोखरामा पेटको पनि अप्रेसन गरि करिब १ महिना उपचार पस्चात आर्थिक अभावका कारण घरमै ड्रेसिङ गरिरहनुभएकाे छ। निजलाई उपचारका लागि राहत पुगोस भन्ने उदेश्यले समाजले उक्त रकम हस्तान्तरण गरिएको समाजका उपाध्यक्ष एल. पि. शर्माले बताउनु भयो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा बा.न.पा. १२ का वडा अध्यक्ष कोपिलामणी शर्मा ,निबर्तमान वडा अध्यक्ष गुरुदत्त पाठक सहित स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।हस्तान्तरण कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्माले परियारको जिबिकोपार्जनका लागि भोलिका दिनमा पनि निजको सीप अनुसारको सिलाई मेशिन लगायतका प्रबिधि उपलब्ध गराउन थप पहल गर्ने बताउनु भयो । सो सहयोग हस्तान्तरणले आफ्नो क्षेत्र र जन्मभुमि प्रती देखाएको उत्तरदायित्व र कर्तव्य झल्केको भन्दै वडा अध्यक्ष शर्मा र निबर्तमान अध्यक्ष पाठकले सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

बलेवाबासीका दु:ख सुखमा हातेमालो गर्दै आएको बलेवा सेवा समाजले आफ्नो स्थापना कालदेखी यस्तै सहयोगहरु गर्दै आइरहेको र आगामी दिनमा पनि टाढैबाट भए पनि हातेमालो गरिहने समाजका अध्यक्ष बिमल रिजालले जानकारी दिनु भएको छ । सहयोग प्रदान गर्नु हुने समाज लगायत सम्पूर्ण महानुभाबलाई परियारले  धन्यवाद सहित खुसी व्यक्त गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

  भाद्र २३, २०८३ मंगलबार 39 Views

सारङ्गीकर्मी आशुतोषलाई मातृशोक

ताजा अपडेट
धेरै पढिएको

TOP