Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
अनिलकी टाइगर हिलकी पुनम पोखरामा – Sarangi News

पोखरा । साहित्यकार अनिल श्रेष्ठको निबन्ध कृति टाइगर हिलकी पुनमको पोखरामा शनिबार चर्चा गरिएको छ ।

बुकमार्ट पोखराले आयोजना गरेको कार्यक्रममा कृतिको चर्चा गर्दै गण्डकी साहित्य सङ्गमका अध्यक्ष डा. कृष्णराज अधिकारीले कृतिमा अनिलको शैलीगत वैशिष्ट्य झल्केको बताए । लेखकलाई पहिचान दिलाउने मूल कुरा नै शैली भएकोमा जोड दिँदै अधिकारीले जीवनका उतारचढावहरूलाई विशिष्ट शैलीमा निबन्धगत स्वाद दिनु अनिलको विशेषता भएको बताए । उनले काव्य र आख्यानको संयुक्त स्वादयुक्त निबन्ध समेटिएकाले कृतिले जुनसुकै स्तरका पाठकलाई पनि आकर्षण गर्न सक्ने धारणा राखे । निबन्धलाई सरल र सरस ढङ्गले प्रस्तुत गरिएको भन्दै २ दशकभन्दा बढी समयको इतिहाससमेत कृतिमा पाइने उनको भनाइ थियो ।

अर्की समीक्षक सिर्जना ढकालले निबन्धकारले आफूले देखेका र भोगेका विषयवस्तुलाई इमानदारीपूर्वक निबन्धमा समेटेकाले कृति पठनीय बनेको धारणा राखिन् । वैचारिक दृष्टिकोणले पनि बलिया निबन्धहरू भएकाले पाठकका लागि महत्त्वपूर्ण कृति भएको भन्दै ढकालले विचारलाई काव्यको लेपन लगाउँदै निबन्धात्मक स्वरूप दिएर अनिलले निबन्ध लेखेका बताइन् ।

निबन्धकार श्रेष्ठले आफूले बाल्यकालदेखि जीवनका विभिन्न मोडमा अनुभूत गरेका कुराहरूलाई निबन्धगत स्वरूप दिएको बताए । आफूले कुनै विचारधाराप्रति पूर्वाग्रह नराखी निबन्धको विषयवस्तुलाई अघि बढाएको उनले बताए । केही निबन्धमा प्रयोगात्मक प्रस्तुति दिने प्रयत्नसमेत गरेको भन्दै उनले आफ्नै पारिवारिक विखण्डन, बाल्यकालका दुःख, युवाकालका सङ्घर्ष, राजनीतिक जीवनका जेलनेल, भ्रमणलगायतका विषयवस्तुलाई वैचारिकीसहित निबन्धमा प्रस्तुत गरेको उनले बताए ।

२१ ओटा निबन्धहरू समेटिएको कृतिको चौथो संस्करण हालै विवेक सिर्जनशील प्रकाशनमार्फत् बजारमा आएको छ । यसअघि उनका आरू फुलेको साँझ, मफलर युद्ध, प्रजातन्त्र र पागल, अनिल श्रेष्ठका प्रतिनिधि कवितालगायतका कृतिहरू प्रकाशित छन् । तनहुँको आँबुखैरेनीका अनिल सोही ठाउँमा रहेको आँबुखैरेनी स्रष्टा समाज र आँबुखैरेनी वाङ्‍मय परिषद्का अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP