Trend
साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||   अचार व्यवसायबाट लाभान्वित: शोभा रानामगर।  ||   झरिमा पनि ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको बाक्लो उपस्थिति, २ लाख ४ हजार ७ सय ८६ दान उठ्यो।  ||   साउन महिनाको दोस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको भिड (फोटो फिचरहरु )  ||   जिताकोटको साउने सक्रान्ती मेलाको फूटबल रनिङ्ग शिल्ड करापुटारको पोल्टामा।  ||  
मंगलबार , साउन २१, २०८२
म्याग्दीमा प्रभाव क्षेत्र तोड्ने गठबन्धनको दाउ, गर्ला त एमाले ‘ह्याक्ट्रिक’ ? – Sarangi News

म्याग्दी । म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा माओवादीका गोविन्द पौडेलले सांसदको चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभा जितेको एमालेले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ ।

कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्वुजा (खम्बिर) तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । यसअघिको निर्वाचनमा दुई पटक पराजीत गर्बुजालाई यसपालि सत्तारूढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । गर्बुजा र नेकपा एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठबीच प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा एमालेका नवराज शर्मासँग झिनो मतले पराजित भएका गर्बुजा २०७४ सालमा नेकपा एमालेका भूपेन्द्र थापासँग करिब दुई हजार तीन सय मतले पराजित भए ।

गत स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडाध्यक्ष, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, माओवादीले दुई उपप्रमुख र ६ वटा वडामा अध्यक्ष जितेका थिए । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, कांग्रेसले १९ हजार आठ सय ७० र माओवादीले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।

दुई कार्यकाल जिल्ला अध्यक्षको नेतृत्व गरेर संसदीय चुनाव जिताएका श्रेष्ठलाई एमालेले सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको थियो । गत स्थानीय तह चुनावको नतिजा, बलियो सङ्गठन, प्रभावशाली उम्मेदवारका कारण चुनाव जित्ने आधार भएको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल बताउँछन् । प्रदेशसभाको क्षेत्र (१) बाट कटुवाल उम्मेदवार हुन् ।

जिल्ला सदरमुकाम बेनी बजार अवस्थित तत्कालीन अर्थुङ्गे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक सङ्घसंस्थाको पनि नेतृत्व गरेका थिए ।

नेपाली कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रीय छन् । २०७२ अघि एक कार्यकाल कांग्रेसको जिल्ला उपसभापति गर्बुजा २०६४ को चुनावमा कांग्रेसको समानुपातिक उम्मेदवार थिए । दुईवटा चुनावमा पराजित भएपनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको तथा यसपालि गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने गर्बुजाको भनाइ छ ।

गर्बुजाले भने, “दुईपटक चुनाव हारे पनि म्याग्देलीको सेवामा लागिरहेको छु । विचलित भएको छैन । यसपालि म जीतका लागि प्रतिस्पर्धामा आएको हो ।” गर्बुजा बेलायती सेनामा हुँदा बास्केटबल, भलिबल र सुटिङ खेलाडी थिए ।

गठबन्धनको चुनाव परिचालन समितिका संयोजक कांग्रेसका जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी)ले तीक्तता र असन्तुष्टि मेटाएर टोलस्तरसम्म गठबन्धनलाई कसिलो बनाएर संयुक्त चुनाव प्रचारमा केन्द्रित भएको बताउँदै गठबन्धनको मतले चुनाव जित्ने दाबी गर्छन् ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ मतदानस्थल र एक सय १९ वटा मतदान केन्द्र छन् । उम्मेदवारहरु ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेका छन् । सडक कालोपत्र गर्ने, भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, विद्युत्, पर्यटन, कृषि, जलविद्युत् र जडीबुटीको क्षेत्रमा आयआर्जन र रोजगारीको अवसर सिर्जना गराउने उम्मेदवारहरुको प्रतिबद्धता छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP