Trend
लममजुङको मर्स्याङ्दी गाउपालिका भुलभुलेमा आयोजित छैटौ हामखोला झरना महोत्सवका तस्वीरहरु।  ||   थुम्कीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १ हजारभन्दा बढी नागरिकले लिए निःशुल्क स्वास्थ्य सेवा  ||   शिवालय मा. वि. मा हाजिरीजवाफ प्रतियोगिता  ||   श्रावणको तेस्रो सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनको भिड, १ लाख २० हजार दान संकलन।  ||   नेपाल शिक्षक महासङ्घ, राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकमा कास्कीलाई सम्मान  ||   स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||  
सोमबार , साउन २५, २०८३
योनी चल्छ ,स्तन चल्छ किन ओठ चल्दैन ? – Sarangi News

बलराम तिमिल्सिना

*****

योनी चल्छ ,स्तन चल्छ ओठ चल्दैन !
रगत चल्छ पसिना चल्छ पानी चल्दैन !
मूर्ती घण्ट त्रिशूल चल्छ मान्छे चल्दैन !
दलितसँग तिम्रो किन पिरेम चल्दैन ?

गला चल्छ ,कला चल्छ प्रित चल्दैन !
दलितसँग नाता गाँस्ने रीत चल्दैन !
हेला चल्छ होचो चल्छ हीत चल्दैन !
घृणा चल्छ,दम्भ चल्छ धित चल्दैन !

भोट चल्छ, नोट चल्छ भात चल्दैन !
समाजमा किन हाम्रो जात चल्दैन ?
अहिले हाम्रो मुख अनि हात चल्दैन !
चल्यो भने सोच तिम्रो मात चल्दैन !

काउछाको लहरामा अङ्गुर फल्दैन !
तिम्रो काउछे दिमागमा प्रेम फल्दैन !
जैलेसम्म तिम्रो रोगी राज ढल्दैन !
मठ ,जग्गे ,र चुलामा दलित चल्दैन !

२०७९ कार्तिक २३
माइतीघर मण्डला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP