बालकुमारी घिमिरे ‘गजलिका’काे सम्बन्ध… – Sarangi News

गीत

सम्बन्ध हाम्रो भएर जस्तै सिक्का दुई पाटा
दु:ख र सुख मिलेर जिउँ निचोर्दै घाउ खाटा

+

तिमीलाई दुख्दा दिल मेरो दुखोस् हौँ दर्द सहारा
पसिना पोखौँ मिलेर सँगै रसाउँ पहरा
सकिन्छ टिप्न मिलेमा मन अङ्‌गुर भिरको
सजिलो हुन्छ जँघार तर्न के कुरा तिरको

सम्बन्ध…

सक्तिन दिन सुनका बाला छ मन रसिलो
हुनेछ हाम्रो जिम्दगी सानु सदैब हँसिलो
खियाई नङ्‌ग्रा गरेर श्रम दुई छाक टारौँला
पर्दैन रुन सदैब ओठ हँसिलो पारौँला

सम्बन्ध…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली साहित्यको साख जोगाउने कृति – पञ्चतत्वको पालाम

गीतकार सम्मान आरजुलाई दिइने

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ

सन्जिव राईको रोमान्टिक कविता : चिसो छ आज

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान


TOP