पत्रकार पौडेलको बिदाइ – Sarangi News

पोखरा । पत्रकार प्रदिप पौडेलको सम्मानमा पोखराका विभिन्न सञ्चार संस्थाले बिदाइ कार्यक्रम सम्पन्न गरेका छन् ।

यसै बिच रेडियो बाराहीका समाचार प्रमुखका रूपमा कार्यरत पौडेलको शुक्रबार उक्त रेडियोले औपचारिक बिदाइ गरेको छ । विगत १५ वर्षदेखि कार्यरत पौडेल निकट भविष्यमै सपरिवार संयुक्त राज्य अमेरिका बसाइँका लागि जाँदै छन् ।

कार्यक्रममा रेडियोका कार्यकारी निर्देशक रमेश पौडेलले रेडियोको विकासका लागि दरिलो खम्बाका रूपमा रहेका प्रदिपको अभाव महसुस सधैँ हुने बताए । प्रदिपले रेडियोका हरेक पक्षमा खेलेको भूमिकाको प्रशंसा गर्दै पौडेलले प्रदिपले जहाँ रहे पनि पत्रकारिता र बाराहीप्रति सदा साथ पाउने आशा व्यक्त गरे ।

बाराही प्रसारण प्रा. लि.का अध्यक्ष सुनीलकुमार गोशलीले व्यवसायीले सञ्चार माध्यममा लगानी गरे पनि हस्तक्षेप गर्न नहुने मान्यताबाट आफू अघि बढेको धारणा राखे । पत्रकारिता भन्ने कुरा छुट्टै पेसागत विषय भएकाले यसको विकासका लागि स्वयम् पत्रकारहरूलाई नै जिम्मेवारी दिइएको भन्दै गोशलीले प्रदिपले बाराहीको उत्थानका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।

सो अवसरमा पौडललाई रेडियोका अध्यक्ष गोशली र कार्यकारी निर्देशक पौडेलले सम्मान गरेका थिए ।

पत्रकार प्रदिप पौडेलले आफूले करिब २ दशकको पत्रकारिताको आफ्नो यात्रामा बाराहीलाई पाठशालाका रूपमा लिएको बताए । पोखरामा रहेर पत्रकारिता गर्दा अनेकौँ मिडियामा आबद्ध भए पनि रेडियो बाराही आफ्ना लागि विशेष रहेको उनको भनाइ थियो । बाराहीमा रहँदा सिकेको ज्ञान र सिपलाई आगामी दिनमा पनि प्रयोग गर्ने प्रदिप पौडेलले प्रतिबद्धता जनाए । उनले पत्रकारिताका क्रममा सहयोग र हौसला दिने सबैलाई धन्यवाद दिए । बाराहीमा २०६६ देखि आबद्ध उनी रेडियो बाराहीका समाचार प्रमुख र इमेज च्यानलको पोखरा ब्युरो प्रमुखका रूपमा कार्यरत थिए । उनी प्रेस युनियन कास्कीका सचिव, नेपाल पत्रकार महासङ्घका गण्डकी प्रदेश सदस्य तथा नेपाल फोटो पत्रकार सङ्घ, कास्कीका निवर्तमान अध्यक्ष पनि हुन् ।

रेडियो बाराहीका सहकर्मीहरूका तर्फबाट गोविन्द सुवेदीले शुभकामना दिँदै प्रदिपलाई कर्मठ पत्रकारका रूपमा चित्रण गरे । रेडियोको असल चिन्तक र कार्यान्वयनकर्ताका रूपमा रेडियोले प्रदिपको अभाव सधैँ खड्किइरहने सुवेदीको भनाइ थियो ।

अध्यक्ष सुनीलकुमार गोशलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दीपेन्द्र पहारीले गरेका थिए ।

यसै बिच, शुक्रबार नै प्रेस युनियन र नेपाल पत्रकार महासङ्घ, कास्कीले पनि पौडेलको सम्मानमा बिदाइ कार्यक्रम गरेका छन् । यसअघि नेपाल फोटो पत्रकार सङ्घ, कास्की र नेपाल पत्रकार महासङ्घ, गण्डकी प्रदेशले पनि उनको सम्मानमा बिदाइ कार्यक्रम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

हरीतालिका तिजको अवसरमा भोर्लेटारमा फूटबल प्रतियोगिता शुरु ३० टिमको सहभागिता।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ्ग शिल्ड क्वार्टर फाइनल भोली।

बिष्णु बहादुर गुरुङ एण्ड मन्जा बहादुर गुरुङ रनिङ शिल्ड गन्नी फुउटबल क्लब पोखराको हातमा शिल्ड पचाउने दाउमा।

ऐतिहासिक धुलपुरे तिज कप लाङ्दीको पोल्टामा।

मध्यनेपालमा आत्माहत्या रोकथाम दिवसको अवसरमा विभिन्न स्थानमा कार्यक्रम।

मुनु स्‍मृति खुल्ला तिज प्रतियोगिता भोर्लेटारमा सम्पन्न।


TOP