Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
अज्ञात समुहले मतपत्र च्यातेपछि बागलुङको सर्कुवामा मतदान स्थगित, सर्वदलीय बैठक बस्दै – Sarangi News

बागलुङ :  अज्ञात समुहले  मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि बागलुङ जिल्लाको जैमिनी नगरपालिका-४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

बिहान ७ बजे शान्तीपूर्ण रूपमा मतदान सुरु भएको जनता माविमा दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताए। उनले हस्ताक्षरविना मतदान भएको भन्ने हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको बताए।

‘अहिले मतदान स्थगित भएको छ,’ मतदान अधिकृत ढकालले भने,‘अहिले मतदानस्थल प्रहरीको नियन्त्रणमा छ। हामी पनि मतदान भित्रै छौं। मत च्यात्नेहरू मतदानस्थल बाहिर छन्।’

मतपत्र च्यात्ने कुन पार्टी र समूहको हो भन्ने थाहा नभएको मतदान अधिकृत ढकालले बताए। मतदान अधिकृत ढकालले कति मतपत्र च्यातिएको भन्ने एकीन हुन नसकेको बताए। उनले मतपत्र च्यातिएपछि होहल्ला हुँदा केही मत मतपेटिकामा पनि हालेको हुन सक्ने आशंका गरे।

मतदान अधिकृत ढकालले हल्ला भएजस्तो हस्ताक्षर विनाको मतपत्र नरहेको बताउँदै पुनः मतदान सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारीमा रहेको बताए।

मतदान अधिकृत ढकालले मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा रहेको र उहाँहरूको सल्लाह बमोजिमअगाडि बढ्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP