म्याग्दीमा ६० प्रतिशत मत खस्याे, १६ स्थलका मतपेटिका बेनी आइपुगे – Sarangi News

म्याग्दी ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जिल्लामा करिब ६० प्रतिशत मत  खसेको प्रारम्भिक अनुमान गरेकाे  । म्याग्दीमा मतपेटिका सदरमुकाम बेनीमा ल्याउन थालिएको छ । १६ वटा मतदान स्थलका मतपेटिका बेनी आइपुगेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदानस्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता छन् । मङ्गला, मालिका र धवलागिरि गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार छ सय ४८ मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भोर्लेटारमा शहिद भएका जेनजिको सम्झनामा दिप प्रज्वलन।

आ/व २०८१/८२ को मध्यनेपाल नगरपालिकामा क्षयरोग उपचार तथा नतिजा छलफल तथा समीक्षा कार्यक्रम सम्पन्न।

ओली–लेखकलाई मात्र होइन, देश जलाउनेहरूलाई पनि पक्राउ गर’ अभियान तीव्र।

महाकवि देवकोटाको परिचर्चा एवम् रचना वाचन कार्यक्रम सम्पन्न

गीतकार सम्मान आरजुलाई दिइने

प्रेस चौतारी अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार गर्ने तीन युवक पक्राउ


TOP