Trend
स्किल ब्रिज सुरु, शिक्षकलाई एआई तालिम  ||   जीबी र सावित्राको मगर भाषाको पुस्तक ‘आखरहील्मा’ लोकार्पण  ||   नेपाल रेडक्रस सोसाइटी पोखरा–२७ उपशाखाद्वारा लक्ष्मीआदर्शमा वृक्षरोपण  ||   भाटबेशी घटनाका मृतकलाई जनही रु १/१ लाख, परिवार व्यवस्थापन तथा घाइते उपचार सम्पुर्ण खर्च मध्यनेपाल नगरपालिकाले गर्ने।  ||   ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको दोस्रो सोमबार अत्यधिक भक्तजनको उपस्थिती, १ लाख १४ हजार २ सय ५३ दान संकलन।  ||   लमजुङमा घर भत्किदा २ जनाको मृत्यु, २ जना घाइते।  ||   भानुभक्त र घाँसिको सालिक तोडफोड गर्ने पक्राउ।  ||   जिताकोट फुटबल फाईनल, रोधी क्लब दोर्दी र लाङ्दी देवी नल्मा बिच भिडन्त ।  ||  
सोमबार , साउन १८, २०८३
समानुपातिकमा एमालेलाई टक्कर दियाे घन्टीले पायो १३ प्रतिशत बढी मत, कुन दलले कति पाए ? – Sarangi News

पाेखरा । प्रतिनिधि सभामा समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले १ लाख मत कटाएर प्रथम स्थानमै दाैडिरहेकाे छ ।

अहिलेसम्म गणनाभएको ३ लाख ५० हजार सदर मतमध्ये पहिलो स्थानमा रहेको एमालेले १०१६६५ (२९ प्रतिशत) मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८७२२५ (२५ प्रतिशत) मत पाएको छ। तेस्रो स्थानमा घन्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ४६३५२ मत पाएको छ। यो अहिलेसम्म गणना भएको सदर मतको १३.२२ प्रतिशत मत हो।

चौथो स्थानमा रहेको माओवादी केन्द्रले ३८२८८ (११ प्रतिशत) मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले २५९९८ (७ प्रतिशत) मत पाएको छ। अरू दलहरूले १० हजार मत कटाउन सकेका छैनन्। जसपाले ८१३४, जनमत पार्टीले ७४६२ मत पाएका छन्।

नागरिक उन्मुक्ति पार्टीले ७४६२, नेपाल मजदुर किसान पार्टीले ५४३४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ५०८३ ले मत पाएका छन्।अन्य दलहरूले पाएको मत १९४३० छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP