Trend
सारङ्गीकर्मी आशुतोषलाई मातृशोक  ||   अन्त: भोर्लेटरमा हुने तिज विशेष फुटबल स्थगित, मिति सार्यो।  ||   नगरपालिकाको बिज्ञप्ती विपरित वडा अध्यक्ष पौडेल, तिज कार्यक्रममा गर्न दौडधुप! कार्यक्रम नगर्न प्रजिअ खनालको ठाडो आदेश।  ||   पुस्तकालय, पठन संस्कृति र एआई: ज्ञानको भविष्यको त्रिकोणात्मक यात्रा  ||   कृत्रिम बौद्धिकता : शिक्षकको सहयोगी कि प्रतिस्पर्धी?  ||   प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नगर प्रमुख – पाण्डेले ५ लाख घोषणा।  ||   सामुदायिक विद्यालयका शिक्षकका लागि सूचना प्रविधि तालिम सम्पन्न  ||   नेपाली भाषा शिक्षक परिषद्को श्रुतिलेखन प्रतियोगिता सम्पन्न।  ||  
बुधबार , भाद्र २४, २०८३
फिफा विश्वकप २०२२ : अर्जेन्टिना साउदी अरेबियासंग २-१ ले पराजित – Sarangi News

पाेखरा । दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनाले फिफा विश्वकप २०२२ मा खराब सुरूवात गरेको छ। मंगलबार भएको समूह ‘सी’ को खेलमा अर्जेन्टिनालाई एसियन टिम साउदी अरेबियाले २-१ गोलले हरायो।

साउदीले खेलमा पछि परेको स्थिति उल्टाउँदै उत्कृष्ट जित निकालेको हो। खेलको दशौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो। कप्तान लिओनल मेसीले प्राप्त पेनाल्टीमा सहज गोल गरेका थिए। मेसीले चार विश्वकपमा गोल गर्ने अर्जेन्टाइन खेलाडीको रेकर्ड बनाएको खेलमा उनको टिम पहिलो हाफमा १-० गोलले अघि थियो।

पहिलो हाफमा अर्जेन्टिनाले तीन पटक बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषित गरेका थिए। साउदी अरेबियाले दोस्रो हाफको पाँच मिनेटको अन्तरमा दुई गोल गर्‍यो।

खेलको ४८ मिनेटमा सलेह अलशेरीले बराबरी गोल फर्काए। ५३ मिनेटमा सलेम अलडावसरीले डिबक्स बाहिरबाट सेकेन्ड बार च्याप्दै उत्कृष्ट गोल गर्दै साउदीलाई २-१ ले अघि बढाएका थिए। फिफा वरीयतामा ५१औं स्थानमा रहेको साउदीले तेस्रो वरीयताको अर्जेन्टिनालाई हराउने क्रममा दोस्रो हाफमा उत्कृष्ट खेलेको थियो।

पहिलो खेलमै पराजित भएपछि सन् १९८६ पछि पहिलो विश्वकपको उपाधिको खोजीमा रहेको अर्जेन्टिना दबाबमा परेको छ।

साउदीले अर्जेन्टिनालाई हराएसँगै विश्वकप इतिहासमा एक चर्चित जित निकाल्न सफल भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP