Trend
साउनको अन्तिम सोमबार ईशानेश्वर महादेव मन्दिरमा भक्तजनहरुको घुईचो, दान २ लाख ३२ हजार ३ सय २४ उठ्यो।  ||   पोखरामा पठन संस्कृतिसम्बन्धी विद्यार्थी सम्मेलन  ||   इशानेश्वर महादेव मन्दिरमा साउन महिनाको अन्तिम सोमबारमा भक्तनजहरुको घुईचो(फोटो फिचर)  ||   लायन्स क्लब अफ पोखरा भैरवद्वारा आर्वाविजय मा. वि. लाई आर्थिक सहयोग  ||   साउनको तेस्रो सोमबार ईशानेश्वर महादेवमा भक्तजनको घुईचो, २ लाख ४५ हजार ९ सय ४९ दान संकलन।  ||   साउन महिनाको तेस्रो सोमबार ईशानेश्वर महदेव मन्दिरमा भक्तजनहरु(फोटोफिचर)  ||   विद्योदय आविमा ‘ग्रीन स्कुल, क्लिन स्कुल’ अभियानको व्यवहारिक सुरुवात  ||   मध्यनेपालमा बाख्रा पालन क्रान्ती।  ||  
मंगलबार , साउन २८, २०८२
गीतल प्रतिष्ठानद्वारा पुरस्कृत व्यक्तित्वको नाम घोषणा – Sarangi News

तनहुँ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले हरेक वर्ष प्रदान गर्दै आइरहेको विभिन्न राशीको पुरस्कार प्राप्त गर्ने व्यक्ति सूची सार्वजनिक गरेको छ ।

आकाश अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घ, तनहुँका पूर्व अध्यक्ष डम्मर अधिकारीको प्रमुख आतिथ्यमा दमौलीस्थित अनसन चौतारीमा आयोजित एक कार्यक्रममा पुरस्कार छनौट समितिका संयोजक साथै संस्थाका सल्लाहकार महाप्रसाद हड्खलेले “क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७९” वरिष्ठ साहित्यकार डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गर्ने घोषणा गरिएको थियो । उक्त पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै “नेपाल अधिराज्यमा तनहुँ वाङ्मय पुरस्कार २०७९” नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ डा. जगमान गुरुङलाई दिने घोषणा गरिएको थियो । सो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको जानकारी गराइएको थियो।

यसै गरी पुरस्कार छनौट समितिका संयोजक शिव आर्यले “गीतल राष्ट्रिय पुरस्कार २०७९”, चित्रकार कृष्ण मर्सानीलाई प्रदान गरिने र “गीतल प्रतिभा पुरस्कार २०७९” कवि एवम् गजलकार तीर्थमान अथाहसागरलाई प्रदान गर्ने घोषणा गरेका थिए । पुरस्कारको राशी क्रमशः १० हजार र ५ हजार रुपैयाँ रहेको छ ।

संस्थाका अध्यक्ष आकाश अधिकारीले पुरस्कृत स्रष्टाहरुलाई चैत्र मसान्तभित्र एक विशेष कार्यक्रमका बिच पुरस्कृत गरिने जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वउपाध्यक्ष सङ्गम सापकोटा, अधिवक्ता कमलामोहन वाग्ले, भाग्यशाली ढुङ्गाना, कृष्णचन्द्र पाण्डे, पिताम्बर सिग्देल, हरिराज कँडेल, विष्णु पराजुली, दीपक राई, किशोर पन्त, पत्रकार कृष्ण न्यौपाने, उपेन्द्र खनाललगायतको  उपस्थिति रहेको संस्थाका वरिष्ठ उपाध्यक्ष दिवाकर भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP